आईसीसी एकदिवसीय विश्वकप उपाधीको लागि भारत र अष्ट्रेलिया भिड्ने

91 Shares
कोलकता, १ मंसिर । आईसीसी एकदिवसीय विश्वकपको फाइनलमा पाँचौं पटकको विजेता रहेका अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई तिन विकेटले हराउदै फाइनलमा प्रवेश गरेको छ जहाँ आयोजक देश भारत संग उपाधीको लागि भिडन्त हुने छन् ।
बिहीबार भएको दोस्रो सेमिफाइनल खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ३ विकेटले हराउँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिकाले राखेको २ सय १३ रनको लक्ष्य अस्ट्रेलियाले ४७.२ ओभरमा सात विकेट गुमाएर विजयी लक्ष्य पुरा गरेका थिए । अस्ट्रेलियाका लागि ट्राभिस हेडले सर्वाधिक ६२ रन बनाए । उनले आक्रामक इनिङ्स खेल्दै ४८ बलमा नौ चौका र २ छक्का हिर्काए । अर्का ओपनर डेभिड वर्नरले पनि मात्र १८ बलमा २९ रन बनाए । उनले एक चौका र ४ छक्का हिर्काए ।
वर्नर आउट भएलगत्तै मिचेल मार्स शून्य रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो ।  त्यसपछि पूर्वकप्तान स्टिभ स्मीथले ३० रन बनाउँदै टोलीलाई केही राहत दिलाएका थिए । तर मार्नस लाम्बुसेन १८ रन र ग्लेन म्याक्सेवल मात्र १ रन बनाएर आउट भएपछि टोली पुनः दबाबमा पर्यो ।
यद्यपि विकेटकिपर जोस इंग्लिसले २८ रन बनाउँदै अस्ट्रेलियालाई जीतको नजिक पुर्याए । त्यसपछि कप्तान प्याट कमिन्सले मिचेल स्टार्कसँग मिलेर टोलीलाई जीत दिलाए । स्टार्कले नटआउट रहँदै १६ रन बनाए भने कमिन्सले १४ रनको योगदान दिए ।
दक्षिण अफ्रिकाका लागि जेराल्ड कोट्जी र ताब्रियाज साम्सीले २–२ विकेट लिए पनि टोलीलाई हारबाट जोगाउन सकेनन् । योसँगै दक्षिण अफ्रिका पुनः एकपटक विश्वकपको फाइनलमा पुग्नबाट चुकेको छ भने अस्ट्रेलिया आठौँपटक एकदिवसीय विश्वकपको फाइनलमा पुगेको छ । अब फाइनल खेल आइतबार अहमदाबाद स्थित नरेन्द्र मोदी रंगशालामा खेलिनेछ ।
यसअघि तीव्र गतिका बलरद्वय मिचेल स्टार्क र जोस हेजलवुडको घातक बलिङको मद्दतले अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई २ सय १२ रनमा सीमित गर्न सफल भएको थियो । इडेन गार्डेन्समा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ४९.४ ओभरमा सबै विकेट गुमाएर सो रन बनाएको थियो ।
दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले सर्वाधिक १ सय १ रन बनाए । अस्ट्रेलियका कप्तान प्याट कमिन्सको बलमा आउट हुनअघि ११६ बलमा उनले ८ चौका र ५ छक्का हिर्काए । उनलाई हेनरिच क्लासनले ४८ बलमा ४७ रन बनाउँदै राम्रो साथ दिए । टोलीका अन्य ब्याट्सम्यानले भने खासै ठुलो योगदान दिन सकेनन् ।
खेलमा दक्षिण अफ्रिकाले निकै खराब सुरुवात गरेको थियो । स्टार्क र हेजलवुडसामु शीर्ष क्रमका ब्याट्सम्यान निरीह बनेका थिए । दक्षिण अफ्रिकाले १२ औँ ओभरमा मात्र २४ रन बनाउन सकेको थियो भने यस क्रममा चार विकेट गुमाइसकेको थियो ।
अस्ट्रेलियाका लागि मिचेल स्टार्कले १० ओभरमा १ मेडन राख्दै मात्र ३४ रन खर्चेर ३ विकेट लिए । कप्तान कमिन्सले पनि ९.४ ओभरमा ५१ रन खर्चिएर ३ विकेट लिए । जोस हेजलवुडले किफायती बलिङ गर्दै ८ ओभरमा ३ मेडन राख्दै २ विकेट लिए । त्यस्तै, ट्राभिस हेडले पनि २ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।