रौतहट, १ मंसिर । चाँडपर्वको समयमा अत्यावस्यक सामानहरुको कमी हुन नदिने नेपाल सरकारको प्रतिबद्धता विपरित रौतहट जिल्लामा प्रायः सबै पेट्रोल पम्पहरुमा ताला लाग्दा उपभोक्ताहरुलाई सास्ती खेप्नु परेको छ ।
काम विशेषबाट बाहिर जानुपर्दा आफू संग भएको सवारी साधनमा डिजेल पेट्रोल लिन पम्पमा जाँदा गरुडा देखि दक्षिणमा रहेका प्रायः सबै पम्पहरुमा ताला झुण्डीएको पाउदा सवारीसाधनको प्रयोगकर्ताहरुलाई चाँडपर्वको समयमा सास्ती खेप्नु परेको हो ।
बजारमा वोतलमा पेट्रोल बेच्नेहरु २२० देखि २३० रुपैया प्रति बोतल विक्री वितरण गर्दै आएपनि पेट्रोल पम्पहरु किन बन्द गरिएको होला ? त्यस प्रति स्थानीय प्रहरी प्रशासनको ध्यान जान नसक्दा उपभोक्ताहरु ठगिन बाध्य रहेको गुनासो उपभोक्ताहरुले गरेका छन् ।
पम्पहरु किन बन्द रहेको छ भने बास्तविक्ता बुझन् खोज्दा लामो समय देखि विदा चलिरहदा पम्पहरुमा इनधन भण्डारण गर्ने क्षमता कम हुँदा रौतहट जिल्लाको पम्पहरुमा ताला लागेको बुझिएका छन् ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन