लोक आस्थाको महापर्व र्छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान

103 Shares

प्रेमचन्द्र झा
राैतहट, १ मंसिर । बज्जिका साहित्य संगम राैतहटले लोक आस्थाको महापर्व छठको अवसरमा गाैरमा सम्मान तथा शुभकामना अदानप्रदान कार्यक्रम बुधबार सम्पन्न भएकाे छ ।
उक्त कार्यक्रममा बज्जिका भाषा विकासका लागि लामाे समय देखि कलम चलाई रहेका गाेरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक कुमार विवेकानन्द मिश्रलाई सम्मान गरिएको हो ।
नेपाल पत्रकार महासंघ राैतहट शाखामा दुई कार्यकाल अध्यक्ष समेत रहिसकेका मिश्रलाई राैतहटको पत्रकारिता क्षेत्रको विकासमा पनि उल्लेखनीय योगदान रहेका छन । बज्जिका भाषा साहित्यमा लामो समय देखि कलम चलाई रहनु भएका साहित्यकार महिला रेणु गुप्ताको अघ्यक्षतामा भएको सम्मान तथा शुभकामना अदान प्रदान कार्यक्रममा छठकाे अवसरमा साहित्यका कार्यक्रम गरेकाेमा आयोजक पक्षलाई सहभागीले सराहना गरे ।
गाेरखापत्र राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक मिश्रले नेपालमा मात्र होईन बज्जिका भाषाकाे अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित हुँदै गएको बताए ।
यस भाषालाई थप उचाईमा पुर्‍याउन सबै बज्जिका भाषीलाई कार्यकारी सम्पादक मिश्रले आग्रह समेत गरे । यस सम्मानले मलाई थप भारी बोकाउने काम भएको बताउदै भाषाका लागि अथक याेगदान गर्ने प्रतिवद्वता व्यक्त गरे । साहित्यकार तथा पुर्व शिक्षक बिन्दा सहनीले बज्जिकामा विवेकानन्दलाई यश संस्थाले सम्मान गरेर सबै सबैलाई सम्मान गरेको जस्तो आफुलाई लागेको बताए ।
गाैर नगरपालिका वडा नम्बर २ का पुर्व वडा अध्यक्ष राकेश कुमार झा ले वडा बज्जिका भाषाकाे लागि हरेक सहयाेग गर्ने प्रतिवद्वता जनाए । पुर्व प्रधानाध्यापक गाैरी कान्त मिश्रले भाषाका लागि योगदान गर्ने सम्मानित हुनु गाैरबको कुरा हो भनेका थिए । सो अवसरमा बज्जिका भाषा विकासका अभियन्ता संजय साह मित्र ,ईन्द्र कुमार झा , विपिन बिहारी सिह, विके मिश्र ,किसुन दयाल, केदार साह, संगिता सहनी सहितले लोक महापर्व छठको शुभकामना तथा रचना समेत वाचन गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।