896
Shares
तराई टप संवाददाता
रौतहट, १७ साउन । रौतहट प्रहरीले जिल्लाको विभिन्न स्थानमा उत्पादन गरिएको ३ हजार लिटर अबैध घरेलु मदिरा आईतवार नष्ट गरेका छन् ,
जिल्ला प्रहरी कार्यालय गौर र इलका प्रहरी कार्यालय राजपुरको संयुक्त प्रहरी टोलीले राजपुर नगरपालिका वडा नम्वर ६ मा अबैध रुपमा संचालनमा रहेका तिन वटा भठीलाई तोडफोड गरेर १ हजार लिटर कच्चा पदार्थ र तयारी मदिरा ५० लिटर नष्ट गरेका हुन् ।
यसैगरी परोहा नगरपालिका ४ मा ३ भठीबाट २ हजार लिटर तयारी मदिरा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । मदिरा उत्पादन गर्ने ६ वटा मेशिन, १० वटा ड्रम लगायतका विभिन्न सामग्रीहरु जफत गरिएको जानकारी दिदै रौतहट प्रहरीका एसपी सिद्धिविक्रम शाहले मदिरा भठी कसको हो सोको पत्ता लगाएर तिनीहरु विरुद्ध आवश्यक कारवाही गर्ने प्रतिबद्धता जनाए ।