बसबरियामा शुभकामना अदानप्रदान कार्यक्रम

146 Shares

राधेश्याम कुशवाहा
सर्लाही, १ मंसिर । सर्लाहीको बसबरिया गाउँपालिकामा बसबरिया काठमाडौं सेवा समाजको आयोजनामा दिपावली तथा छर्ठ पर्वको अवसरमा शुभकामना अदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
बसबरिया -३ भवानीपुर स्थित मावी विधालयको प्राङ्गणमा मधेस सरकारका स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
शुभकामना अदानप्रदान कार्यक्रममा बोल्दै मधेस प्रदेशका स्वास्थ तथा जनसंख्या मन्त्री सिंहले हिन्दुहरुको महान पर्वको पावन अवसरमा सम्पुर्ण बसबरिया गाउँपालिका वासीको सुस्वास्थ दिर्घाय तथा सुस्वास्थको कामना गर्दै गाउँवासी लगायत आयोजक संस्थालाई जस्तोसुकै सहयोग गर्न हरपल तयार रहेको विश्वास दिलाए । कार्यक्रम आयोजनाका लागि बसबरिया काठमाडौं सेवा समाजलाई विशेष धन्यवाद दिए ।


आफु मधेस प्रदेशका स्वास्थ मन्त्री भएका नाताले सहयोगका लागि आउने जुनसुकैलाई पार्टी,जातिको आधारमा कुनै भेदभाव नगरी सहयोग गर्ने उहाँले प्रतिबद्धता जनाए ।
बसबरिया काठमाडौ समाजले स्थानीय आपतविपद परेको बेला आर्थिक सहयोय तथा उपचार गराउदै आएको कामको प्रशंसा गर्दै आफनो दायरा फराकिलो बनाई समाजको समृद्धि र विकासका लागि समेत हातेमालो गरेर अघि बढन उनले सुझाव दिए ।
बसबरियामा बृहत् रुपमा चाडैं शल्यक्रिया सहितको स्वास्थ शिविर सन्चालन गरिने उनले जानकारी गराए । मन्त्रं सिंहले भने युवाहरू समाज परिवर्तनको सम्वाहक रहेको बताउदै बसबरिया गाउँपालिका समेत राजनीतिक रुपमा रोगी भएको भन्दै सबै मिलेर उपचार गर्नुपर्ने बताए ।
बसबरिया गाउँपालिकाको प्रशासकिय भवन साविक ठाउँबाट विभिन्न बहानामा अन्यत्र सार्ने राजनीतिक हुँदै आएको दाबी गर्दै यस्ता कार्य कुनै शर्तमा स्वीकार्य नहुने चेतावनी दिए ।
समाजमा समाजिक सद्भाव तथा भाईचरा कायम गर्ने उदेश्यले शुभकामना अदानप्रदान कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष राजकिशोर यादवले बताए । समाजको नेतुत्वमा गरिब तथा विपन्न गाउँवासीहरुलाई आर्थिक सहयोग सहितको औषधी उपचार गराउदै आएको बताउदै अगामी दिनहरुमा समेत समाजसेवामा अझ सक्रिय भएर हाम्रो टिम लाग्ने प्रतिबद्धता उहाँले व्यक्त गरे ।
कार्यक्रममा सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भाईबहिनीहरुलाई फुलको माला र पुरुस्कार सहित सम्मान गरिएको कार्यक्रम सन्चालक रविन्द्र यादवले जानकारी दिए ।
कार्यक्रममा बसबरिया गाउँपालिका अध्यक्ष रामसिहासन यादव, निर्वतमान अध्यक्ष रामअयोध्या, यादव वडा न-३ का वडाअध्यक्ष नन्दलाल महतो, वडाअध्यक्ष प्रत्याशी शिवशंकर कुशवाहा, युवा नेता सरोज यादव, अनिल यादव, समाजका प्रतिनिधि लगायत स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय सहभागिता रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री सिंहको स्वकीय सचिव तथा नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचारप्रसार विभागका सचिव निकेश त्रिपाठीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।