गोडैतामा ६ सय परिवारलाई साडी वितरण

   ३ मंसिर २०८०, आईतवार १९:०७  

राधेश्याम कुशवाहा
सर्लाही, ३ मंसिर । गोडैता नगरपालिका वार्ड -१२ मधुवनी मा ६ सय जना अपांग, ज्येष्ठ नागरिक, विधवा, दलित, विपन्न तथा सम्पूर्ण ब्रतालु परिवारलाई साडी वितरण गरिएको छ ।

गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवको हातबाट एक समारोहका बिच उक्त साडी वितरण गरिएको हो ।
कार्यक्रममा बोल्दै गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादवले हिन्दुहरुको महान चाड छर्ठ पर्वको पावन अवसरमा सम्पुर्ण नगरवासीको सुस्वार्थ, दिर्घायु र उत्तोरोतर प्रगतिको कामना गरे ।

समाजसेवी वडाअध्यक्ष केशव कुमारले आफनो व्यक्तिगत खर्चमा साडी वितरण गरेको गर्दै आएकोमा उहाँको समाजिक सेवाको भावनालाई मेयर यादवले खुलेर प्रशंसा गरे। उहाँले सुरु गरेको समाज सेवाको कदम सहरानिय रहेको भन्दै उहाँबाट अन्य वडाअध्यक्ष सहित अन्य व्यक्तिहरूले समेत पाठ सिक्नुपर्ने उहाँको भनाई छ ।

तराई मधेसका सबैभन्दा महान पर्व छर्ठमा समाजका सबै परिवारका खुशिमा सरिक हुन र उनीहरुमा सानो भएपनी आफनो सहयोग थप्न साडी वितरण सुरु गरेको वडाध्यक्ष केशव कुमार यादव उर्फ गुड्डुले बताए ।

विगत ५ वर्षदेखि आफ्नै खर्चमा साडी वितरण गर्दै आएको छु, वडाअध्यक्ष केशवले भने । विगतका बर्ष गरिब, दलित, विपन्न तथा ज्येष्ठ नागरिक परिवारलाई मात्र वितरण गर्दै आएका थिए तर यो पाली थप गरि सबै ब्रतालु परिवारलाई समेत वितरण गरेको छु ।

समाजका सबै तहतप्का व्यक्तिहरूलाई महान छर्ठ पर्व समाजिक सद्भाव र आपसी भाईचरा कायम गर्दै हर्षाेहोल्लासका साथ मनाउन उहाँले आग्रह समेत गरे ।

मुखियाले साडी वितरण गरेकोमा खुशी हुँदै सबै स्थानियवासीले उहाँलाई धन्यवाद दिए । हातमा नयाँ साडी पाएपछि खुशी हुँदै बृद्ध महिला दर्बी देवीले यो पाली पनि मुखियाले दिएकै साडी लगाएर छर्ठी घाटमा पुग्ने भावकु हुँदै भनिन । आर्थिक अवस्था कमजोर भएका कारण मुखियाले दिएकै साडीको भर पर्नुपर्ने बाध्यता रहि आएको उहाँले बताईन ।

साडी वितरण कार्यक्रममा गोडैता नगरपालिकाका मेयर देवेन्द्र कुमार यादव, समाजसेवी चन्द्रदेव राउत, वडासदस्यहरु रजाक अन्सारी, गनौर महतो, पनामा देवी, पानो देवी राम सहित स्थानीय भद्रभलादमीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै