गैर काँग्रेसीलाई क्रियाशिल सदस्यता दिएको भन्दै १० दिन देखि सनेपा स्थित पार्टी कार्यालयमा रौतहटका काँग्रेसीहरुद्धारा रिले अनसन जारी

तराई टप संवाददाता
काठमाडौं, १७ साउन । नेपाली काँग्रेसको क्रियाशिल सदस्यता वितरण प्रणालीमा गैर काँग्रेसीलाई दिएको भन्दै रौतहट काँग्रेसी नेता एवं कार्यकर्ताहरु विगत १० दिन देखि केन्द्रीय कार्यालय सानेपामा २४ औं घण्टा रिले अनसनमा बसेका छन् ।
२४ औं घण्टा रिले अनसनमा बसेकाहरुले क्रियाशिल सदस्यता सम्बन्धी छानविन गर्न गठित समितिले उक्त निर्मायको पुनर्विचार गर्नुपर्ने माग राख्दै रिले अनसनमा बसेका हुन् । रौतहट संसदीय क्षेत्र नम्वर १ का महाधिवेशन समिति सदस्य, महासमिति सदस्य सहितका नेता एवं कार्यकर्ताहरु अनवरत रुपमा रिले अनसनलाई जारी राखेका छन् ।
क्षेत्र नम्वर १ को ४१ वडामध्ये ३१ वडामा पुराना एवं कार्यकर्ताहरलाई क्रियाशिल फारम नदिई जिल्ला अध्यक्ष कृष्णा प्रसाद यादवले आफू निकटका व्यक्तिहरुलाई विधी सम्मत प्रक्रिया मिचेर गैर काँग्रेसीलाई क्रियाशिल सदस्यता वितरण गरिएको गम्भीर आरोप महासमिति सदस्य एवं दुर्गा भगवती गाउँपालिका निवासी श्यामचन्द्र झाले लगाए । बर्षौ बर्ष देखि काँग्रेसमा रहेर सर्वस्य गुमाएका पुराना कार्यकर्ताहरुको नविकरण समेत नगरी अनावश्यक रुप्मा पार्टीमै नहरेका गैर काँग्रेसीहरुलाई क्रियाशिल बनाउदा पार्टीलाई ठूलो क्षति हुने भएको देखेर अध्यक्ष यादवको तानाशाही प्रवृतिका विरुद्ध हामीहरु बाँध्य भई केन्द्रीय कार्यालयमा रिले अनसनमा बस्नु परेको गुनासो उनले गरे ।
“महासमिति सदस्य झाका अनुसार नेपाली काँग्रेसको विधानमा क्रियाशिल सदस्यताका लागि सम्बन्धित वडा÷गाउँ÷नगर÷प्रदेश सभा क्षेत्र÷संघीय क्षेत्रको कार्य समितिबाट निर्णय गरेर सिफारिश गरी पठाउनुपर्ने प्रावधान रहेतापनि जिल्ला अध्यक्ष यादवले उक्त प्रक्रिया मिचेर आफू पायक परेका व्यक्तिहरुको नाममा क्रियाशिल फारम भरेर केन्द्रमा पठाउदा त्यसलाई नै सदर गरेको गैर प्रजातान्त्रिक कार्यका विरुद्ध म लागयत २२ जना नेता एवं कार्यकर्ताहरु रिले अनसनमा विगत १० दिन देखि बसेका छौं ।”
“महासमिति सदस्य झाका अनुसार नेपाली काँग्रेसको विधानमा क्रियाशिल सदस्यताका लागि सम्बन्धित वडा÷गाउँ÷नगर÷प्रदेश सभा क्षेत्र÷संघीय क्षेत्रको कार्य समितिबाट निर्णय गरेर सिफारिश गरी पठाउनुपर्ने प्रावधान रहेतापनि जिल्ला अध्यक्ष यादवले उक्त प्रक्रिया मिचेर आफू पायक परेका व्यक्तिहरुको नाममा क्रियाशिल फारम भरेर केन्द्रमा पठाउदा त्यसलाई नै सदर गरेको गैर प्रजातान्त्रिक कार्यका विरुद्ध म लागयत २२ जना नेता एवं कार्यकर्ताहरु रिले अनसनमा विगत १० दिन देखि बसेका छौं ।”
“आफू महासमिति सदस्य भए पनि आफूलाई फाराम नै नदिएको, बहुमत कार्यसमिति सदस्यहरुको निर्णयलाई वेवास्ता गरेर पुराना व्यक्तिलाई नवीकरण नगरी नयाँ व्यक्तिलाई सदस्यता दिइएको उनले नेतृत्व पंक्ति माथि गम्भीर आरोप लगाए ।”
क्षेत्र नम्बर १ मा पुराना ९८ जनाको नवीकरण छुटाइएको छ । बहालवाला जिल्ला कोषाध्यक्ष रामश्रेष्ठ साह, महासमिति सदस्यहरु डा. देवचन्द्र मिश्र, ब्रजकिशोर सिंह, महाधिवेशन प्रतिनिधि सन्तलाल साह, सज्जन साह, सक्रिय कार्यकर्ताहरु भोगेन्द्र झा र नवलकिशोर साह लगायतका पुराना नेता कार्यकर्ताहरुकै क्रियाशील सदस्यता नवीकरण जानी जानी छुटाएको उनीहरुले आरोप लगाए ।
बहालबाला कोषाध्यक्ष रामश्रेष्ठ साहले जिल्ला कार्यसमितिका २७ जनामध्ये १७ जना, क्षेत्रीय कार्य समितिका २६ जनामध्ये २२ जना र अर्काे क्षेत्रीय कार्यसमितिका १० जनामध्ये नौ जना आफूहरुको पक्षमा भए पनि जिल्ला नेतृत्वले बहुमतको निर्णय विपरीत सदस्यता वितरण गरेको बताए । वडा समितिबाट विधिवत निर्णय सहित सिफारिश गरी पैसा बुझाएर भौचर समेत पठाए पनि क्रियाशील सदस्यता नदिइएको तथा त्यस स्थानमा अर्कै व्यक्तिको नाममा पठाइएको परिपाटीको विरोध गर्दै त्यस्ता सदस्यहरुलाई तत्काल खारेज गरी बास्तविक काँग्रेसीहरुलाई क्रियाशिल सदस्यता दिनुपर्नेमा उनले जोड दिए ।
राजदेवी नगरपालिका वडा नम्बर १ मा १२ जना, वडा नम्बर ५ मा सात जना, गौर नपाको वडा नम्बर ५ मा २० जना र यमुनामाई गाउँपालिका वडा नम्बर ४ सरुअठामा ४२ जना, दुर्गा भगवती गाउँपालिका वडा नम्बर २ मा ११ जना र वडा नम्बर ३ मा ३४ जना नयाँ क्रियाशील सदस्यता थप गरिएको डा. देवचन्द्र मिश्रले बताए । फोरम लोकतान्त्रिकबाट समायोजन हुने संख्या भन्दा बढी थप गरी समायोजन गरिएको उनको आरोप छ ।
विधि प्रक्रिया विपरीत गरिएको क्रियाशील सदस्यता विवादको विधान सम्मत तवरले समाधान नभए सम्म धर्ना जारी रहने महासमिति सदस्य तथा पूर्वमन्त्री ब्रजकिशोर सिंहले बताए । विवादित स्थानमा पुनः फाराम वितरण गरी विधि सम्मत तवरले निर्णय सिफारिशका आधारमा सदस्यता दिने वा १३ औं महाधिवेशनमा रहेका क्रियाशील सदस्यतालाई यथावत राख्ने निर्णय केन्द्रीय कार्यसमितिले गर्नुपर्ने तर्क दिए ।
पार्टी कार्यालयमा धर्नामा बसेकाहरुको माग पुरा हुने भन्दै तपाईहरु धर्ना समाप्त गरिदिनु, हामी तपाईकै पक्षमा छौं केन्द्रीय सदस्यद्धय रामशरण महत र डा. प्रकाश शरण महतले आग्रह गर्दा अनसनमा बसेकाहरुले मौखिक रुपमा कुनै पनि सम्झौता नहुने लिखित रुपमा सम्झौता गर्नुस हामी रिले अनसन समाप्त गरिदिन्छौ भन्दा उनीहरु फकिएको रिले अनसनमा बसेकाहरुले बताए ।
यस्तै बारा र कैलालीका नेता कार्यकर्ताहरुले पनि आफ्नो जिल्लामा पुराना व्यक्तिलाई छुटाएर विधानविपरीत सदस्यता दिइएको आरोप लगाउँदै धर्ना दिइरहेका छन् । क्रियाशील सदस्यता विवाद समाधान नभएसम्म धर्ना जारी नै रहने उनीहरुले पनि बताए ।
नेपाली काँग्रेस क्रियाशिल सदस्यता छानबिन समितिका प्रवक्ता प्रदीप पौडेलले पार्टी कार्यालयमा रौतहट, बारा र कैलालीका नेता कार्यकर्ताहरु धर्नामा रहेको र समितिले त्यस विषयलाई गम्भीरताका साथ पार्टी नेतृत्वले लिएको बताए । विवादित विषयमा समितिले विधि सम्मत आवश्यक निर्णय लिई यथाशिघ्र मागलाई सम्बोधन गर्ने जानकारी दिए ।