अमरेश सिंहको स्टण्टबाजीको चौतर्फी आलोचना–नेका प्रचारप्रसार विभागका सचिव त्रिपाठी

157 Shares
सर्लाही, ५ मंसिर । सर्लाही ४ का संघिय साँसद अमरेश सिंहको प्रचारबाजीको स्टन्ट यति हद सम्म तल पनि झर्न सक्छन् कसैले कल्पना समेत गर्न सक्दैनन तर मंगलवारको एक घटनाले उनमा राजनीतिक संस्कार ह्रास भईरहेको महसुस गर्न सकिने नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार प्रचारप्रसार विभागको सचिव निकेश त्रिपाठीले समाजिक संजाल मार्फत आफनो धारणा यसरी राखे ।
त्रिपाठीले अगाडी भन्छन्, २०७४ सालको निर्वाचनमा अमरेश सिंहको चुनाव प्रचारप्रसारमा प्रयोग भएको उनकै फोटो भएको र स्टिकर टाँसिएको गाडीको फोटो समाजिक संजालमा राखेर पोष्ट गर्न वित्तिकै चौतर्फी विरोध हुनथालेपछि दुई घण्टामै उक्त फोटो हटाएर गएको निर्वाचनमा माछा छाप भएको गाडीको फोटो राख्ने कार्य गर्ने व्यक्ति राजनीतिक चरित्रको हुन सक्दैनन्, जुन सर्लाही क्षेत्र नम्वर ४ का मतदाताको समेत शिर निहुँएको छ ।
मधेश प्रदेश सरकारमा स्वास्थ्य तथा जनसंख्या मन्त्री विरेन्द्र सिंहको स्वकीय सचिव समेत रहेका त्रिपाठीले राजनीतिक द्धन्दको कारण नेपाली काँग्रेस सर्लाहीका सभापति सुरेन्द्र प्रसाद सिंहको छोरा सुधिर सिंह सहितका केही युवाहरुले आज विहान १० बजे काठमाडौं क्रममा नयाँ रोड–मधुबनी सडक खण्डको सेखौनामा कारले आफू चढेको स्कारपिओ गाडीलाई ठक्कर दिई बाटोमा राकेर गालीग्लौज गरेको र आफूलाई डिएसपीले जोगाएर स्कर्टिङले जोगाएको कुरा सरासर निराधार रहेको उलने दाबी गरे ।
एक हप्ता देखि क्षेत्रमा घुम्दा कसैले केही भनेन तर काठमाडौं फर्किने वेलामा प्रहरी स्कर्टिङमा गइरहेको वेला सानो कारले स्कारविओ गाडीलाई ठक्कर दियो, गालीग्लौज र धाकधम्की दियो भनेर नबालिक केटाहरुको नाम उल्लेख गरेर समाजिक संजालमा पोष्ट गर्ने माननिय जस्तो पदको व्यक्ति त्यसमा जनताको प्रतिनिधित्व गर्ने साँसद सिंगो सर्लाही ४ का जनताहरुलाई अपमान अमरेश सिंहले गरेको कार्य सुहाउदो भएन त्रिपाठीले भने ।
त्रिपाठी अगाडी भन्छन् सरकार द्वारा खोसिएको सुरक्षाकर्मी फेरी पाउनको लागि र गलत स्टन्टबाजी गरेर चर्चामा आउनको लागि रचिएको कपोकल्पित स्टन्ट मात्रै हो अरु केही होइन।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।