संजय मिश्रा
रौतहट, ७ मंसिर । डिभिजन वन कार्यालय अन्तर्गत पर्ने सेक्टर वन कार्यालय जंगलसहियाबाट नेपाल नम्वरको पिकअप गाडीमा लोड भएको ठूलो परिमाणमा सालको काठ सहित दुई जनालाई गस्ती टोलीले नियन्त्रणमा लिन सफल भएका छन् ।
पिकअपमा काठ सहित पक्राउपर्नेमा निजगढ नगरपालिका वडा नम्वर ८ का बादल सिंह र मकवानपुर बकैया गाउँपालिका २ का रबिन ब्लुन रहेको सहायक बन अधिकृत महमद आरिफ हुसैनले बताएका हुन् ।
धनसार राष्ट्रीय वन क्षेत्रबाट अबैधरूपमा कटानी गरी प्रदेश २–०३–० ०१च ५६७१ नम्बरको पिकअपमा लिएर गइरहेको अवस्थामा जमदार सगिर मियाँको कमाण्डमा सशस्त्र प्रहरी सहित गएको टोलीले गुजरा नगरपालिका पशुपती टोल नजिकै मंगलवार नियन्त्रणमा लिएका थिए ।
उक्त गाडी बाट ८० क्युफिट सालको गुलिया काठ बरामाद हुनुका साथै तस्करद्धय सिंह र ब्लुन पक्राउ परेको सहायक बन अधिकृत हुसैनले जानकारी दिए । काठ सहित गाडी र तस्करलाई आवश्यक कारवाहीको लागि डिवीजन बन कार्यालय चन्द्रिगाहपुर पठाईएको उनले बताए ।
काठ संगै चालु आर्थिक वर्षको साउन देखि हिजो मंगलबार सम्म सेक्टर वन कार्यालय जंगलसहियाको वन सुरक्षा टोलीले कुल ४०६ क्युफिट सालाजातको काठ बरामद गरिएको डिवीजन बन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रले बताए । अधिकृत मिश्रका अनुसार तस्करीको माध्यमले उक्त काठ ढुवानी गर्न प्रयोग गरिएको ४ थान टायर गाडा, १४ थान साईकल र चारजना तस्कर पक्राउ गरेर कारवाही चलाएको जानकारी दिए । चाडँ पर्वको अवसरमा तस्तरहरु राष्ट्रीय तथा साझेदारी वनबाट अबैध रुपमा काठ कटानी तथा तस्करी गर्नेहरु माथि कडाईका साथ निगरानी बढाएको उनले स्पष्ट पारे ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन