एलआइसी नेपाल लिमिटेडको ठगि धन्धा विरुद्ध गौर शाखामा पीडितद्वारा ताला लगाइयो

147 Shares

रौतहट, ८ मंसिर । एलआइसी नेपाल लिमिटेडले अभिकर्ता र विमाधारी संग गरिएको ठगि धन्धा विरुद्ध पीडितहरुद्वारा गौर शाखामा तालाबन्दी गरिएका छन् ।
सन् २०२० मा एलआईसी नेपाल लिमिटेडको गौर शाखामा कार्यरत तत्कालिन शाखा प्रबन्धक विपिनकुमार साहले सयौं विमाधारीहरुद्वारा खोलिएको विमा खाताको सक्कल डकुमेन्टहरु नष्ट गरेर उक्त रकमबाट नक्कली विमाधारीहरु खडा गरेर एक करोड भन्दा बढि रकम हिनामिना गरेको प्रमाणहरु फेला परेपछि सम्बध निकायहरुमा एलआइसी नेपाल लिमिटेडको शाखा कार्यालय, प्रादेशिक कार्यालय र संघिय कार्यालयमा लिखित रुपमा उजुरी गर्दा पनि कुनै सुनवाई नहुँदा नेपाल विमा प्राधिकरण लगायत सरोकारवाला विभिन्न निकायहरुमा चहार्दा चहार्दै थकित भईसकेपछि बाध्य भई प्रादेशिक कार्यालय जनकपुर र शाखा कार्यालय गौरमा ताला लगाउनु परेको पीडित सत्येन्द्र पाण्डेले गुनासो पोखे ।
अनुसन्धानको नाममा महिनौं देखि अल्झाएर राखिएको र आफनो अवस्था निकै खराव हुँदै गएपछि स्थानीय प्रशासनलाई जानकारी गराई बाध्य भएर ताला लगाएको पाण्डले भने ।
कतिपय विमाधारीको खाताहरु खोलिएको प्रमाणहरु भएपनि कम्पनीको सिष्टमबाट हटाइएको कार्य एकदमै निन्दनिय रहेको भन्दै निकै विश्वास गरेर विमा खाता खोलियो तर एलआइसी नेपाल लिमिटेडका मार्केटिंगको एचओडी प्रकाशबहादुर उपाध्याय, सुचना अधिकारी सुदर्शन गिरी र तत्कालिन शाखा प्रमुख साहको मिलोमतोमा विमाधारी र एजेन्ट दुबैलाई विल्लीबाठ बनाइदिदा बाध्यात्मक कदम उठाउनु परेको पाण्डले गम्भीर आरोप लगाए ।
मेरो समस्या समाधान गर्न पर्याप्त प्रमाणहरु हुँदाहुँदै नेपाल विमा प्राधिकरण सहितका निकायहरुले सुरुमा केही चासो देखाएपनि एलआइसी नेपाल लिमिटेड संग साँठगाँठ गरेर हाम्रो समस्यालाई ओझेलमा पारेको गम्भीर आरोप लगाउदै निलम्बित अभिकर्ता पाण्डेले पेशागत बीमा अभिकर्ता संघ बीमक समिति एलआइसी नेपाल लिमिटेडका अध्यक्ष नरबहादुर घर्ती समेत उनीहरु संग मिलेपछि यस्तो अवस्था सृजना भएको उनले गुनासो गरे । हाम्रो मत लिएर अध्यक्ष बनेका नरबहादुर पेशागत बीमा अभिकर्ताको समस्या समाधान गर्नुको साथै एलआइसी संग मिलेपछि यस्तो अवस्था सृजना गराएको उनले भने ।
आफू संग ताला लगाउने बाहेकको अर्को विकल्प केही नभएको बताउदै जव सम्म हामी जस्ता पीडितहरुको समस्या समाधान नभए सम्म एलआइसी नेपाल लिमिटेडको कर्तुतको भण्डाफोर अभियानलाई जारी राख्ने उनले चेतावनी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।