zoom not working in windows 10 zoom software download for windows 10 zoom msi install switches - zoom msi install switches go to zoom meeting id join a meeting - go to zoom meeting id join a meeting zoom app download for pc windows 10 pro 64 bit join zoom meeting download zoom cloud meetings download for pc

शिरमा देश र मनमा मधेशको भावना राखेर काम गर्न ः प्रदेश प्रमुख झाको भनाई

   १९ श्रावण २०७८, मंगलवार १९:२७  

तराई टप संवाददाता
रौतहट, १९ साउन । “शिरमा देश र मनमा मधेश” को भावना राखेर सबैले काम गर्नुपर्ने प्रदेश नम्वर २ का प्रमुख डा. राजेश झा अहिराजले बताए ।
जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा जिल्ला समनवय समितिको सभाकक्षमा मंगलवार आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ प्रमुख अहिराजले नेपालमा बसोबास गर्ने नेपाल नागरिकहरुमा पहिला राष्ट्रियताको भावना संगै बसोबास गर्ने भोगल प्रतिको सकारात्मक माया सदभाव हुनु नितान्त जरुरी रहेको बताए ।
हाम्रो समाज अभाव र अतिवादको चपेटामा पर्न थालेको छ । अतिवादको चार वटा चरण पार गरिसकेको अवस्थामा छ । अनुदान वाद, चरणपन्थ बाद, पाखण्ड बादको चरण पार गर्दै कट्टरवाद र उग्रवादको चरणमा समाज पुगेको छ । कुनै मान्छे भेट्न आउदा खेरी जात, जन्म, वर्ग, समुदाय, भेषभुषा लगायतको आधारमा सोच निर्माण भएको पाइएको छ यसरी गर्दा हाम्रो देश कहाँ जाँदै छ चिन्ता व्यक्त गर्दै प्रदेश प्रमुख अहिराजले आफनै प्रदेश भित्र पहाडी मधेशी, मधेशी भित्र पनि जातिबादको कारण एक अर्का प्रति उत्पन्न भईरहेको विश्वासको खाडललाई समाप्त पार्ने वातावरण सृजना गर्नुपर्ने नितान्त आवश्यक रहेको देखिन्छ ।
प्रदेश प्रमुख बनेपछि विभिन्न पहाडी र हिमाली जिल्लाको पनि भ्रमण गरेको चर्चा गर्दै त्यहाँ आफूले निकै माया र सद्भाव पाएको अनुभवलाई बखान गर्दै अभाव र अतिवादको कारण समाजमा राज्य प्रतिको अविश्वास, निराशा, दूरी, आक्रोश, वितृष्णा बढदै जाँदा देश द्धन्दमा फस्न लागेको जिकिर गरे । जन आकाँक्षा अनुरुप सहि समयमा देशमा राष्टिय एकता कायम गर्ने जिल्ला तहबाट सहकार्य भएन भने अगामी दिनमा कटरबाद झनै हाबी हुने बताए ।
समाजमा हुने हरेक गतिविधि लाई समाचारको माध्यमबाट प्रकाशमा ल्याइ राज्यको ध्यानाकर्षण गराने संचारकर्मीहरु पनि आफनो जिम्मेवारीलाई सहि ढंगबाट निर्वाह गर्न आग्रह गर्दै प्रदेश प्रमुख अहिराजले पत्रकार समाजको मेरुदण्ड हो, आफनो कला सिपलाई जनता र राष्ट्रप्रति उत्तरदायी भई जवाफदेहिता निर्वाह गरेमा हरेक खाले विकृति विसंगती समाप्त भई असल समाजको निर्माण हुने प्रष्ट पारे ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव, प्रहरी उपरिक्षक सिद्धिविक्रम शाह, सशस्त्र प्रहरी उपरिक्षक सुर्यबहादुर सेन ओली, जिल्ला समनवय समितिको अध्यक्ष रामएकवाल यादव, लगायतका विभिन्न स्थानीय तहका प्रमुख तथा राष्ट्र सेवक कर्मचारीको उपस्थिति रहेको थियो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै