रौतहट, ९ मंसिर । आम मानिसहरुको वितृष्णाको उपज नै हो दुर्गा प्रसाईको आन्दोलन रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानीले बताएका छन् ।
सभापति लामिछानेले लोकतन्त्र व्यवस्थाको विरोध हैन, नेताको विकल्प खोज्नुपर्ने बताएका हुन् । दुर्गा प्रसाँईको आन्दोलन आम जनताहरुको दल सरकारप्रतिको निराशाको उपज रहेको बताए ।
रौतहटको चन्द्रपुरमा शिनवार भएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै लामिछानेले सरकारले लघुवित्त र सहकारी पीडितका समस्या समयमा पहिचान गर्न नसकेका कारण समस्या उत्पन्न भएको बताए ।
वर्तमान सरकारको कारण देशको अर्थतन्त्र सुधारका लागि उचित पहल नगरेका कारण समेत आम नागरिकमा निराशा छाएका छन् । आम नागरिकले यसका कारण देश बिग्रँदै गयो भनेर नाम लिन धेरै नेता भएका कारणले यो व्यावस्थाकै विरोधमा उत्रेको उनले ठोकुवा गरे ।
लामिछानेले संसारकै अति सुन्दर व्यवस्था लोकतन्त्र भएका कारण यो व्यवस्थाको विरोध गर्नु हैन, यसलाई सुधार गरेर अघि बढ्नुपर्ने बताए । मधेश केन्द्रित संगठन सुधारका क्रममा मधेश प्रदेश झरेका लामिछानेले एउटै व्यापारी बैंक संचालक, बिमा संचालक र उद्योग संचालक भएका कारणसमेत देशको अर्थतन्त्र धरापमा पारेको बताए ।
२०८४ मा तराई मधेशमा मधेशवादी पार्टीको विकल्पको रुपमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई पूर्ण रुपमा स्थापित हुने उनले विश्वास व्यक्त गरे ।
प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट