तराई टप संवाददाता
सर्लाही, २१ साउन । सर्लाहीको भेलही ब्रम्हपुरी गाउँपालिका ३ स्थित पोखरीमा विवाहिता महिला र उसको ८ दिनको नवजात छोरा सहित १८ महिनाको छोरीको शव फेला परेको ९ दिन वितिसक्दा पनि मृत्युको कारण अझै अज्ञात रहदा माइती पक्षले प्रहरीको नियत माथि आशंका गर्न थालेका छन् ।
भेलही ब्रम्हपुर गाउँपालिका वडा नम्वर ३ जलेश्वर कापडको छोरा रंजित कापडको श्रीमती विकेशा कापड संगै ८ दिनको नवजात शिशु सहित १८ महिनाको छोरी सहित तिन जनाको शव साउन १२ गते गाउँकै पोखरीमा फेला परेका थिए । नवजात शिशु, छोरी सहित आमाको शव फेला परेपछि सर्लाही प्रहरीले प्रारम्भीक प्रक्रिया पुरा गरेर तिनै जनाको शवलाई शतगत गर्नका निमित्त मृतक परिवारको जिम्मा लगाए ।
यत्रो ठूलो घटना भएपनि मृतक महिलाको माइती पक्षलाई खवर नगरी ससुराली पक्षले शवको अन्तिम संस्कार गरिदिए । घटना भएको पाँच दिन पछि ब्रम्हपुरी गाउँकै केही व्यक्तिहरुबाट सर्लाही बलरा नगरपालिका वडा नम्वर ३ लक्ष्मिपुर माइती पक्षलाई जानकारी प्राप्त भएको बताउदै मृतक महिलाको आमा श्रीमती नगिना कापडले बताइन ।
माइती पक्षलाई खवर नै नगरी नवजात शिशु, १८ महिनाको छोरी सहित विकेशा कापडलाई अन्तिम संस्कार गरिदिदा महिलाको ससुराली घर माथि शंका खडा हुनु स्वभाविकै हो । घटनाको जानकारी पाएपछि छोरीको गाउँ पुग्दा नगिना कापडलाई तिम्रो छोरी मानसिक रोगी रहेको कारण बच्चा सहित पोखरीमा हामफालेर आत्म हत्या गरेको भन्दा म झसंग भए, अनुसन्धान गर्ने निकाय विना अनुसन्धान नै यत्रो आरोप लगाएर घटनालाई लुकाउने कार्य गर्दा सर्लाही प्रहरी प्रति उनले प्रश्न चिन्ह ? खडा गरिन ।
“घटना वारे जानकारी हुँदा आफूले विश्वास गर्न नसकिने अवस्थामा थिए तर मनलाई सान्त्वना दिदै छोरीको ससुराली गाँउ पुगे ।” “त्यहाँ पनि छोरीको ससुराली पक्षले नाना थरीका कुराहरु गर्दा आफू बाँध्य भएर मलंगवा प्रहरीमा जाँदा घटनाको वास्तविक अनुसन्धान गर्नुस भन्दा प्रहरीले उल्टै तिम्रोको छोरी मानसिक सन्तुलन ठिन नहुँदा पोखरीमा डुवेर आत्म हत्या गरेको भन्दै बाहिर निकालिदियो ।” “एसएलसी पास गरेको छोरीले कसरी आत्महत्या गर्छिन, मेरो छोरीलाई ससुरा जलेश्वर कापड, सासु पुनम कापड, जेठाजु संदीप कापड, जेठानी किरण कापड, ज्वाई रंजित सहितको योजनामा मारेर पोखरीमा फालिदियो, प्रहरीले सुक्ष्म अनुसन्धान गरोस दुधको दुध पानीको पानी भईहाल्छ, भने तर मेरो अनुनय विनय कहि कतै सुनवाई गरिएन मृतक महिलाको आमाले तराई टप अनलाइन संग दुखेसो पोखिन ।”
“पोखरीमा डुवेर मर्ने व्यक्तिको पानीमा लास सुनिएर जान्छ तर मेरो छोरी सहित नातिनातिनाको शरिर सुनिएको थिएन, घरमै मारेर विहान पख पोखरीमा फालेर नाटक मंचन गर्ने ज्वाई रंजित कापड र उसको परिवारजनलाई अविलम्ब समातेर कारवाही गर्न उनले माग गरिन ।” छोरीलाई न्याय दिलाउन धेरै ठाउमा गए तर कसैले पनि वास्ता नगर्दा बाध्य भई मानवअधिकारकर्मी मुकेश झा संग न्यायको लागि गुहार लगाइन ।
“ज्वाई रंजित कापड लागु पदार्थको दुव्र्येसनीको कुलतमा फसेका थिए, माईती घरबाटै उनको महिना दिन पुग्ने रसत पानी पठाउने गरेको, ज्वाई सहित उसको परिवारजनले विभिन्न बहानामा चरम यातना दिदै गरेको छोरी विकेशाले फोनबाट भन्थे, मर्नु अघिल्लो राति कुरा हुँदा आफू माथि भईरहेको यातना भन्दै गर्दा उसको घरको व्यक्तिले मोवाइल खोसेर गाली ग्लौज गरेको प्रष्ट रुपमा सुनेको, छोरीले भन्दै थिए आमा मलाई यहाँबाट लानुस नत्र भोली म बाँच्दीन तर मलाई के थाहा यस्तो क्रुर व्यक्तिहरु होलान् विहानको उज्जयालो हेर्न पाएनन् ।” आमा नगिना कापडले तराई टप संग भनिन ।
सर्लाही प्रहरीका एसपी सन्तोष सिंह राठौरले मृतक महिला नवजात शिशु सहित छोरीलाई लिएर पोखरीमा डुवेको घटनामा घराइसी कलहको केही कारण सुन्नमा आएको बताए । हाम्रो अनुसन्धान टोलीले सुक्ष्म रुपमा अनुसन्धान कार्यलाई जारी राखेको हुँदा चाँडै सत्य तथ्य बाहिर ल्याउने जानकारी दिए । पिडित पक्षले चार जनालाई विपक्षी बनाएर कत्र्तव्य ज्यान सम्बन्धी कसुरमा किटानी जाहेरी दिदा अहिले सम्म दर्ता नगरिएको बताउदै दोषि नै नभएका व्यक्ति माथि जाहेरी दिएको कारण दर्ता नगरिएको स्पष्ट पारे ।
बास्तविक कस्ले कत्र्तव्य गरेको हो त्यसमाथि मात्रै जाहेरी दिन भन्दा पनि परिवारका सवैलाई विपक्षी बनाउने कार्य राम्रो नभएको एसपी राठौरले भने ।