काठमाडौं, १० मंसिर । पाकिस्तानी आतंकबादीद्वारा २६–११ मुम्बई हमलाको १५ बर्ष भएको दिनमा विनय यादव नेतृत्वको राष्ट्रिय एकता अभियानले पाकिस्तानी दूतावास अगाडी प्रर्दशन गरेका छन् ।
राष्ट्रिय एकता अभियानका अध्यक्ष विनय यादवको नेतृत्वमा आईतवार काठमाडौं स्थित पाकिस्तानी दुतावास अगाडी २६–११ मुम्बई हमलाको १५ औं वार्षिकोत्सवको अवसरमा प्रदर्शन गरेको जनाइएका हुन् ।
प्रदर्शनको क्रममा सम्बोधन गर्दै राष्ट्रिय एकता अभियानका अध्यक्ष यादवले आतंकवाद नेपालको राष्ट्रिय सुरक्षामा समेत चुनौती रहेको हुँदा सतर्क रहन चेतावनी पनि दिए । उनले पाकिस्तानसंग आतंकवाद रोक्न र मानवअधिकारको पालना गर्न माग सँगै हिन्दुहरूको सहयोगी बन्न आह्वान गरे ।
यादवले २६–११ को मुम्बई हमलाले हामीलाई आतंकवाद निर्मूल गर्न एकजुट भएर बस्नु पर्ने कुरा सिकाएको बताए । उनले आतंकवादी गतिविधि र राष्ट्रिय सुरक्षाका लागि अहिले चुनौतीपूर्ण समय भएकाले नेपाल पनि सतर्क रहनुपर्ने जिकिर गरे ।
राष्ट्रिय एकता अभियानका समर्थकहरू पाकिस्तानविरुद्ध एकमतको भावना व्यक्त गरेका छन् र आतंकवादलाई समर्थन गर्नु अपराध हो जुन विश्वका लागि खतरा भएको बताए । यससँगै अभियानद्वारा हिन्दु समुदायलाई एकताबद्ध राख्न र राष्ट्रिय एकताको प्रवद्र्धन गर्ने समेत आव्हान गरे । सो प्रदर्शनमा सहभागीहरुले आतंकवाद र मानवअधिकार उलंघनका विरुद्ध विश्वका सबै देशहरु एकजुट भएर प्रत्यक्ष अडान लिनुपर्ने भन्दै समर्थन जनाए । यस प्रदर्शनले शान्तिपूर्ण र एकताबद्ध सन्देश दिएको छ र मानिसहरूलाई एकताबद्ध भएर विश्वलाई शान्ति र सुरक्षातर्फ लैजान प्रेरित गरेको अध्यक्ष यादवले बताए ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन