परोहा नगरपालिकामा विकासको नाममा ब्रम्हलुट, सडक ढ्लानको नाममा व्यापक आर्थिक अनियमितता भएको स्थानीयको आरोप

   २१ श्रावण २०७८, बिहीबार १६:२४  

चन्दन पटेल
रौतहट, २१ साउन । स्थानीय तहमा विकासको नाममा कसरी व्रम्हलुट गर्ने गरिन्छ सोको उदाहरण यतिखेर परोहा नगरपालिकामा देख्न सकिन्छ ।
रौतहट जिल्लाको परोहा नगरपालिकाको मेयर सहित बिभिन्न वाडका वडा अध्यक्षहरु विकासको नाममा नक्कली उपभोक्ता समिति बनाएर आर्थिक अनियमितता गर्दा बाटोघाटोको अवस्था कसरी हिलाम्मे हुँदा सर्वसाधारणहरु सास्ती खेप्नु परेको हो ।
परोहा नगरपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रकम हिनामिना गर्नको लागी १०÷१५ दिन मात्र काम गराई त्यही अनुसारको भुक्तानी गरिएको वडा नम्बर ६ बसन्तपट्टीका एक समाजसेवीले बताए । नगरपालिकामा भईरहेको भ्रष्टाचार हेरेर पनि आफुलाई परोहा नगरपालिकाको जनप्रतिनिधि बताउनेहरु भ्रष्टाचार रोक्नका लागि कुनै किसिमको कदम न चाल्नुबाट आर्थिक अनियमिततामा जनप्रतिनिधिहरु चुर्लुम्म डुबेको यतिखेर महसुस भईरहेको सजिलै बुझ्न सकिन्छ ।
नगरपलिकामा भएको बिभिन्न बिकासे योजनाहरु मध्ये धेरै जसो योजना प्रदेश सरकार तथा जनतहरुले माग गरेको वापत प्रधानमन्त्रीको सहयोग बाट आएको एक साता पहिला समाजिक सञ्जालमा भाईरल भएको भिडियोमा स्पष्ट सुन्न र हेर्न सकिन्छ । नगरपालिकामा आफुले धेरै बिकस गरेको हेराउने मेयर शेख वकिलको चाल सर्वसधारण जनताहरु बुझ्न नसकेको कारण अहिले सम्म भ्रममा रहेको तथा सत्य तथ्य बाट बन्चित रहेको ले नगरपालिकको सम्पुर्ण विकास आफुले नै गरेको भ्रम फैलाउन मेयर वकिल सफल भएका छन् ।
बजेट फ्रीज हुनबाट जोगाउनको लागि केही दिन पहिल अर्थात असाढे विकसको समयमा वडा नम्बर ६ बसन्तपट्टिमा मात्र ०.५ किलोमिटर जति ढ्लान गराई काम लाई अधुरै आवस्थामा छाडी दिदा स्थानिय जनतहरुलाई दुई पाङ्ग्रे र चार पाङ्ग्रे गाडी ल्याउन लैजादा दुर्घटना हुन सक्ने त्रास उत्पन्न भएको बताइएको छ । बाटो हिलो हिलाम्मे हुँदा मेयर साबको ध्यान पुग्न नसक्नु विडम्बना रहेको जनगुनासो बढेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै