सर्लाही, ११ मंसिर । फोहरको थुप्रोमा फालिएको अवस्थामा जुम्ल्याहा नवजात शिशुको शव मलंगवामा फेला परेको छ ।
सर्लाही सदरमुकाम मलंगवा नगरपालिका वडा नम्वर ९ स्थित सडक छेउमा थुपारिएका फोहरको थुप्रोमा ६ महिनाको जुम्लाहा नवजात शिशुको शव स्थानीयहरुले देखेपछि प्रहरीलाई खवर गरेको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले बाटो हिँड्ने बटुवाले जुम्ल्याहा मृत शिशु देखेपछि प्रहरीमा खबर गरेपछि घटनास्थलमा प्रहरी टोली पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ ।
नवजात जुम्ल्याहा शिशुको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । शिशु फाल्नेको खोजीकार्य सुरु गरिएको डीएसपी थारुले बताए । अवैध सम्वन्धबाट स्थापित भएको गर्भलाई शैल्यक्रिया मार्फत फालिएको हुन सक्ने आशंका गर्दै थारुले सम्बध व्यक्तिलाई चाँडै नियन्त्रणमा लिने दाबी समेत उलने गरे ।
सदरमुकाम मलंगवामा पटक–पटक यसरी फालिएको नवजात शिशुको शव फेला पर्ने गरेको कार्यबाट यहाँ अवैध ढंगले गर्भपतन गराउने कानून विपरीतका निजी अस्पताल र क्लिनिक प्रशस्तै रहेको हुँदा सो सम्बन्धमा गहन छानविन भईरहेको उलने भने ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन