इशलामाबाद, ११ मंसिर (एजेन्सी), पाकिस्तानको पूर्व प्रधानमन्त्री इमरान खानलाई अर्बौं रुपैयाँको भ्रष्टाचार गरेको मुद्दामा देशको भ्रष्टाचार विरोधी निगरानी निकायले जेलमा दुई घण्टा भन्दा बढी सोधपुछ गरेको छ ।
पाकिस्तानी पूर्व प्रधानमन्त्री खान माथि त्यहाँको अदालतले भ्रष्टाचार गरेको आरोपमा जेलमा रहेको अवस्थामा पाकिस्तानी भ्रष्टाचार विरोधी निकायले दुई घण्टा सम्म सोधपुछ गरेको कुरा सोमबार एक मिडिया रिपोर्टमा जनाइएको हो ।
राष्ट्रिय एकाउन्टेबिलिटी ब्यूरो (एनएबी) को टोलीले आइतबार अडियाला जेलमा रहेका ७१ वर्षीय पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टी प्रमुखलाई भेटेको थियो, भ्रष्टाचार विरोधी निगरानीका एक वरिष्ठ अधिकारीले डन अखबारलाई भने ।
पूर्वप्रधानमन्त्री खान विभिन्न मुद्दामा सेप्टेम्बर २६ देखि रावलपिण्डीको उच्च सुरक्षा जेलमा थुनामा रहेका छन् ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन