चार बर्ष पहिले चीनले मिचेको जग्गा बारे किन मौन छ सरकार

66 Shares
काठमाडौँ । भारतले नेपालको भूभाग मिच्यो भन्ने कुरा समय समयमा सुनिँदै आएको छ तर चीनले नेपालको भूभाग मिचेको कुरा खासै चर्चाको विषय बन्दैन । नेपाली युवा समूहको एकटोलीले जेठ ३१ गते नापी विभागमा एक ज्ञापनपत्र बुझाउँदै त्यसको छानविन गरी समाधान गर्न आग्रह गरेको छ । सीमा संरक्षण सङ्घर्ष समितिको नामबाट बुझाएको उक्त ज्ञापनपत्रमा सीता ज्योतीको नाम उल्लेख छ ।

सीता ज्योतीसँग सम्पर्क गर्दा उनले नेपालको सयौँ हेक्टर भूभाग चीनले मिच्दा नेपाल किन चुप लागेर बसेको भन्दै आफूहरूले नापी विभागको  ध्यानाकर्षण गराएको बताइन् । ‘भारतले नेपालको जग्गा मिचेको छ । त्यसबारेमा निकै चर्चा हुन्छ । बेला बेलामा नेपाल सरकारले पनि चासो लिइरहेको हुन्छ । तर चीनले नेपाली भूभाग मिचेको विषयमा किन मौन बसेको भन्दै आफूहरूले ध्यानाकर्षण गराएका हौँ ।’

उनीहरूले नापी विभागमा बुझाएको ज्ञापनपत्रमा हुम्ला जिल्लाको फुराङको भाँगदारे खोलको ६ हेक्टर, हुम्लाकै फुराङको कर्णाली नदीबाट ४ हेक्टर, रसुवाको केरुङस्थित सत्जेन खोला २ हेक्टर, केरुङको भार्जुग खोलामा १ हेक्टर, रसुवाको जबमु खोलामा ३ हेक्टर, सिन्धुपाल्चोकको भोटेकोसी र खराने खोलामा ७ हेक्टर, सङ्खुवासभाको सुमजुङ्ग खोला, काम खोला, अरुण नदीको नौ हेक्टर जमिन चीनले मिचेको दाबी गरिएको छ ।

सीता ज्योतीले भनिन्, ‘सिन्धुपाल्चोकमा मिचिएको जग्गाको बारेमा आफूहरूले नै अध्ययन गरेर पत्ता लगाएको तथा अन्य ठाउँको बारेमा विभिन्न स्रोतबाट प्राप्त भएको हो ।’ लिखित रूपमा जानकारी गराउनको उद्देश्य सरकारले ती जमिनहरूको बारेमा खोजखबर गरोस् नै भन्ने रहेको उनले बताइन् ।

नापी विभागका निर्देशक एवम् सूचना अधिकृत दामोदर ढकालले ज्ञापनपत्र आएको कुरा आफूले पनि थाहा पाएको बताए । उनीहरूले दाबी गरेअनुसार त्यसरी जग्गा अतिक्रमण भएको तथ्याङ्क विभागमा फेला नपरेको उनले बताए ।

चीनले नेपालको जग्गा अतिक्रमण गर्यो भनी कुरा उठ्न थालेपछि त्यसको बारेमा विभागले अध्ययन सुरु गरेको निर्देशक ढकालले बताए । उनले हालसम्म ५७ नम्बर पिलरमा नेपाल–चीनबीच विवाद रहेको छ । त्यसको बारेमा छलफल भइरहेको तर त्यसबाहेक अन्य ठाउँमा चीनले अतिक्रमण गरेको कुरा विभागको तथ्याङ्कमा उल्लेख नरहेको बताए ।

नेपाल–चीन सीमा सम्झौता सन् १९६० मा भएको थियो भने सन् १९६१ मा नेपाल–चीन सीमा सन्धि नै भएको थियो । सन्धिमा नेपालको तर्फबाट तत्कालीन राजा महेन्द्र शाह र चीनको तर्फबाट तत्कालीन राष्ट्रपति ली साउ चीले हस्ताक्षर गरेका थिए ।

त्यसपछि सन् १९६१–६२ मा दुवै देशबीच सीमाङ्कन भएको थियो । सीमाविद् बुद्धिनारायण श्रेष्ठका अनुुसार त्यतिबेला सीमाङ्कन हुँदा ३२ ठाउँमा विवाद भएको थियो । सगरमाथा र गौरी हिमाल चीनले नै दाबी गरिरहेको थियो । त्यस्तै, मुस्ताङ, हुम्ला, सङ्खुवासभा, रसुवालगायतका ठाउँमा विवाद देखिएको थियो तर दुई देशबीच पटक पटक छलफल भएर सन् १९६२ मा ती सबै विवाद समाधान भएको थियो । त्यतिबेला दुवै देशका परराष्ट्र मन्त्रीले सीमा प्रोटोकलमा हस्ताक्षर गरेर सीमा विवाद सधैँका लागि समाधान गरेका थिए ।

विज्ञ श्रेष्ठ भन्छन्– ‘यद्यपि नेपाली टोलीका अज्ञानताका कारण अथवा अध्ययन नपुगेका कारण सङ्खुवासभा जिल्ला किमाथाङ्काका दुई गाउँ च्याङ्गा र लुङदेप तथा हुम्ला, डोल्पा, दोलखाका चरनक्षेत्र चीन (तिब्बत) तर्फ पर्न गएको थियो । जो आजसम्म फिर्ता ल्याएको छैन ।’ त्यस्तै, दोलखा लामाबगर उत्तरको लाप्ची गाउँको उत्तरतिरको भाग कोरलाङ पारिको कित्ता (६ हेक्टर अर्थात ९९ रोपनी) विवादमा रहेको तर त्यसको पनि सामाधान हालसम्म नभएको र त्यसबाहेक अरू ठाउँमा विवाद रहेको बारेमा आफ्नो जानकारीमा नरहेको उनले बताए ।

खोलाको बहावका कारण कुनै कुनै ठाउँमा अतिक्रमण जस्तो देखिए पनि त्यसको तथ्याङ्क कतै फेला नपरेको उनले बताए ।

श्रोतः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।