रौतहट, १२ मंसिर । सानोठूलो पोका, झोलामा राखिएको सामानहरु माथि पुग्ने सुक्ष्म आँखाहरु घरेलु मदिरामा किन पर्न सकेनन् ? त्यसको पछि कतै लक्ष्मीकान्तको असर हो कि भने अहिले सर्वसाधारणहरुले सुक्ष्म आँखाहरु प्रति प्रश्न तेश्रयाएका छन् ।
बाराको निजगढ र रौतहटको चन्द्रपुरबाट आउने यात्रुबाहक बसहरुमा ग्यालनमा राखेर ४२ किलोमिटर दक्षिण गौर सम्म आईपुग्ने घरेलु मदिरा माथि सुक्ष्म आँखाहरुको ध्यान किन नपुगेको होला भने प्रश्नहरु अब्जिदै गएका हुन् ।
चन्द्रपुरबाट गौर सम्म आउदा आउदैं सम्म १२ देखि १३ स्थानहरुमा तेश्रो आँखाहरु बसिरहेका हुन्छन् तर तिनीहरु ठूला, साना पोकाहरु, झोलाहरु, बसको डिक्की, साना सवारी साधन भित्र हेर्ने भएपनि उत्तरबाट दक्षिण सम्म आइपुग्ने त्यस्ता घरेलु मदिराको पछिको स्वार्थ के हुन सक्छ भने पत्ता लगाउदा बुझियो यो सबै लक्ष्मीकान्तको कमाल हो ।
घरेलु मदिराको कारण राजस्व तिरेर ब्राण्डेड मदिराको पसल थापेकाहरुको अहिले विक्री वितरणमा निकै कमी आएको विक्रेताहरु बताउँछन् । सदरमुकाम गौरमा ठूला र साना पसल देखि लिएर बरहवा पुल पारी घरेलु मदिराको कारण व्यापार गरिरहेका ब्राण्डेड पसलहरुको विक्री ठप्प भएको आफनो नाम नबताउने शर्तमा जानकारी दिए ।
ति श्रोतका अनुसार गौर नपा ८ पुरेनवाका रामु साहले चन्द्रपुर लगायतका स्थानहरुबाट घरेलु मदिरा आपूर्ती गराएर टेम्पुमा राखेर पसलहरु समक्ष पुर्याउने गरेको छ । घरेलु मदिरा सप्लायर्स साहले यही कारोवारबाट पाँच वटा अटो रिक्सा राखेकाे छ । उत्तर बाट आएको मदिराको ग्यालेनलाई अटोमा राखेर विक्री वितरण हुने पसल सम्म निर्वाध रुपमा पुर्याउने गरेको ति श्रोतले भने ।
सुक्ष्म आँखाबाट केही लुकिदैनन् तर तेश्रो आँखालाई पनि चिम्लीदिनका लागि मासिक रुपमा ३ देखि चार लाख सम्म लक्ष्मीकान्त दिने गरेको भरपर्दो श्रोतले भने । “यसैले भन्या होला लक्ष्मीकान्त हेरेपछि भगवान शंकरको त्रिनेत्र समेत खुल्ने गरिन्छ, तर यहाँ परिस्थिति फरक रहेको छ, लक्ष्मीकान्त देखेर सुक्ष्म आँखाहरु बन्द हुने गर्दछ” ।
घरेलु मदिरा सेवनबाट जनस्वास्थ्यमा परिरहेको प्रतिकुल असरलाई रोक्ने कार्य पनि सुक्ष्म आँखाको रहेको हुँदा लक्ष्मीकान्तको प्रभावमा नपरेर समाजको प्रगतिको पथ प्रदर्शकको रुपमा उभिन सुक्ष्म आँखाहरु लाग्नुपर्ने आजको आवश्यक्ता रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन