सिरहामा महिला हत्या गरेको आरोपमा दुई जना पक्राउ

69 Shares

सिरहा, १३ मंसिर । सिरहा जिल्लामा घरेलु हिंसाको घटनामा वृद्धि हुँदै गएको छ । दुई जना महिला घरेलु हिंसाको शिकार भई निर्ममतापूर्वक हत्याको शिकार बनेपछि प्रहरी सक्रिय भई केही व्यक्तिलाई नियन्त्रणमा लिएका छन् ।
सिरहा नगरपालिका वडा नम्वर १५ सुखचैनाकी ३० वर्षकी सञ्जिता यादवको मंसिर ७ गते र कल्याणपुर नगरपालिका वडा नम्वर ८ बड्कीटोलकी संगीता कुमारी दासको कात्तिक २७ गते हत्या भएको थियो ।
सञ्जिताको हत्या गरेको आरोपमा उनका ४० बर्षिय श्रीमान देवेन्द्र यादव र संगीता कुमारी दासको हत्या आरोपमा ५१ बर्षिय ससुरा रामअशिष दासलाई पक्राउ गरेर सार्वजनिक गरेका छन् ।
पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा बुधवार सार्वजनिक गर्दै प्रहरी प्रवक्ता एवं डीएसपी रवीन्द्रराज पाण्डेले मंसिर ७ गते राति १० बजे देवेन्द्रले बाँसको भाटा र इँटाले सञ्जित माथि निर्घात कुटपिट गरेर गरेको थियो । घटनालाई ढाकछोप गर्न उपचार गराउन भन्दै भारतको जयनगरतर्फ लगेपछि छिमेकीले प्रहरीलाई जानकारी दिएपछि श्रीमान देवेन्द्रलाई नियनत्रणमा लिई अनुसन्धान गरेपछि हत्या गरेको बताए ।
प्रहरीले नेपाल भारत सीमा क्षेत्रबाट करिब ३०÷३५ किलोमिटर टाढा भारतको मधुवनी जिल्लाको खजोली थाना अन्तर्गत सेलरा भन्ने ठाउँबाट सञ्जिताको शव बरामद गरेको थियो ।
यसैगरी कल्याणपुर नगरपालिका वडा नम्वर ८ मा घरायसी विवादको क्रममा ससुरा दासले टाउकोमा बञ्चरो प्रहार गर्दा बुहारी संगीताको घटनास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ । घटनापछि फरार रहेका दासलाई प्रहरीले मंसिर १ गते पक्राउ गरेको थियो । दुबै जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत सिरहाबाट म्याद लिएर कारवाही प्रक्रिया अघि बढाएको डिएसपी पाण्डेले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।