नयाँदिल्ली, १३ मंसिर । उडिरहेको विमानमा श्रीमान श्रीमती बीच झै झगडा भएपछि लुपथान्सा एयरलाइन्सको विमान बुधवार विहानै नयाँ दिल्लीको इन्दरा गान्धी अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गराइएको खवर पीटीआईले आफ्नो रिपोर्टमा जनाएको छ ।
भारतीय समाचार एजेन्सी पीटीआईका अनुसार बुधवार जर्मनीको म्युनिखबाट थाइल्याण्डको बैंकक तर्फ जाँदै गरेको लुफ्थान्सा एयरलाइन्सको उडान दिल्लीमा अवतरण गर्नुपरेको हो । यो विमानको अवतरण दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहान १०.३० बजे गराइएका थिए ।
विमान अवतरण गरेपछि दुवैलाई तल झरेर टर्मिनल क्षेत्रमा लगियो, जहाँ सीआईएसएफका कर्मचारी, विमानका चालक दलका सदस्य र अन्य कर्मचारीले दुवैसँग कुरा गरेका थिए । श्रीमान् जर्मनी र श्रीमती थाइल्याण्डकी रहेको बताएको छ ।
उडानकै क्रममा दुवैबिच झगडा सुरु भएपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलर सँग सम्पर्क गरेका थिए । पाइलटहरूले एटीसीलाई ’विमानको स्थिति र अनियन्त्रित यात्रु’ बारे जानकारी दिए ।
एक अधिकारीका अनुसार श्रीमतीले पाइलटलाई आफ्नो पतिको खराब व्यवहारको बारेमा जानकारी गराउँदै उनको हस्तक्षेपको माग गरेकी थिइन् । श्रीमानले आफूलाई ‘धम्की’ दिइरहेको उनले बताए ।
श्रोतः पीटीआई
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन