यूएईमा ‘अबकी बार मोदी सरकार’, ‘मोदी, मोदी’ नारासहित प्रधानमन्त्रीलाई भव्य स्वागत

   १५ मंसिर २०८०, शुक्रबार ०९:३५  

दुबई, १५ मंसिर । जलवायु कार्य शिखर सम्मेलन (कोप) मा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुबई पुगेपछि ‘अबकी बार मोदी सरकार’, ‘मोदी, मोदी’ नारा सहित भव्य रुपमा स्वागत गरियो ।
कोप–२८ को विश्व जलवायु कार्य शिखर सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार युएईको दुबई पुगेपछि भव्य रुपमा स्वागत गरिएको हो ।
प्रधानमन्त्री मोदीले सेयर गरेको भिडियोमा उनलाई होटलमा भारतीय डायस्पोराले ’मोदी, मोदी’ र ’अबकी बार मोदी सरकार’ नाराले स्वागत गरेको देखाइएको छ । शिखर सम्मेलन आज देखि सुरु छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै