अमेरिकी सरकारले पहिलो पटक अगस्टमा डोभालसँग पन्नुनको हत्या गर्ने षड्यन्त्रको मुद्दा उठायोः रिपोर्ट

   १५ मंसिर २०८०, शुक्रबार ०९:४५  

वासिंगटन, १५ मंसिर । खालिस्तानी पृथकतावादी आतंकी पन्नुनलाई हत्या गराउने कार्यमा भारतीय संलग्न रहेको कुरा अमेरिकी सरकारले पहिलो पटक अगस्ट महिनामा एनएसए चिफ अजित डोभाल संग मुद्दा उठाएको रिपोर्टमा जनाइएको छ ।
अमेरिकी प्रशासनले नयाँ दिल्लीले आतंकवादी घोषणा गरेका खालिस्तानी पृथकतावादी आतंकवादी गुरपतवन्त सिंह पन्नुनलाई मार्ने कथित षड्यन्त्रको मुद्दा अगस्टमा पहिलो पटक भारतसँग उठाएको हो ।
अमेरिकी एनएसए जेक सुलिवानले जेद्दाहमा एनएसए अजित डोभालसँग यो मुद्दा उठाएको इन्डियन एक्सप्रेसले रिपोर्ट छापिएको छ । त्यसपछि डोभालले यस विषयमा थप जानकारी मागेका थिए ।
श्रोतः इण्डियन एक्सप्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै