सागर हुमागाई
रौतहट १६ मंसिर । लाईन्स इन्टरनेशनल डिस्ट्रीक 324,एम.डी 325 H नेपालको दोस्रो रेगुलर डिस्ट्रीक क्याविनेट मिटिङ चन्द्रनिगाहपुरमा सम्पन्न भएको छ । डिस्ट्रीक लाईन्स गभर्नर शम्भु बहादुर थापाको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा उपस्थित सहभागीहरुलाई थारु,मधेशी तथा मगर समुदायको पारम्परिक नाचले स्वागत गरिएको थियो । कार्यक्रमको उद्घाटन मधेश प्रदेशका स्वास्थ्य मन्त्री बिरेन्द्र सिंह र चन्द्रपुर नगरपालिका प्रमुख संजय काफ्लेले पानसमा बत्ती बालेर गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै मन्त्री सिंहले लाईन्स कल्वले गर्ने कार्यको प्रशन्सा गरे । उनले क्ल्वले गरिरहेका परोपकारी कार्यमा देखाएका अग्रता सराहनिय रहेको समेत बताए । उनले लाईन्स कल्व स्वास्थ्य क्षेत्र,शिक्षा क्षेत्र तथा आईपर्ने आपत-विपतको सहयोगी रहेकोले यस कल्वलाई साथ र सहयोग सवैले गर्नुपर्ने बताए । उनले यस कल्वले मधेश प्रदेशमा स्वास्थ क्षेत्रमा गर्ने कार्यमा आफ्नो मन्त्रालयको सहयोग रहने समेत प्रतिबद्धता जनाए । मन्त्री सिंहले आफुले सम्हाल्दै आएको स्वास्थ्य मन्त्रालय मार्फत भुई मान्छेलाई सर्व-शुलभ तरिकाले स्वास्थ सेवा दिन अगाडी बढिसकेको बताए । उनले मधेश प्रदेशका १३६ वटा पालिकामा ल्याव संचालनमा आएको र सो ल्यावबाट गरिव-बिप्पन्नले ५४ प्रकारका रोगको जाच ९० प्रतिशत छुटमा गर्न सकिने जनाए । यस्तै कार्यक्रमका बिशिस्ट अतिथी चन्द्रपुरका नगरप्रमुख संजय कुमार काफ्ले लाईन्स कल्वले आफ्नो नगरमा ट्रमा सेन्टर निर्माण गर्न साझेदारी गरेकोमा आभार ब्यक्त गरे । उनले नगरमा कल्व संग मिलेर अझै थुप्रै सामाजिक कामहरु गर्ने अपेक्षा रहेको सुनाए । कार्यक्रमको संचालन डिस्ट्रीक सेकेरेटरी सन्जिप पान्डेले गरेका थिए ।
कार्यक्रमको पुर्व सन्ध्यामा नेपालमा शान्ती र सद्भाव कायम राख्न प्रभातफेरी निकालिएको लाईन्स दिपक रेग्मीले बताए । मुस्लिम समुदायले मगर समुदायलाई तथा थारु समुदायले प्रणामी समुदायलाई माला लगाईदिएर र्यालीमा सहभागी हुँदै सद्भाव प्रकट गरेका थिए ।