zoom.com download zoom login with sso - zoom zoom meeting join meeting today - zoom meeting join meeting today zoom app for windows 10 computer zoominfo technologies llc

माओवादी केन्द्र रौतहटको बैठक गरुडामा सम्पन्न

   २२ श्रावण २०७८, शुक्रबार १५:१८  

तराई टप संवाददाता
रौतहट, २२ साउन । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र रौतहटको विस्तारित वैठक शुक्रवार गरुमा बसेका छन् ।
पछिल्लो राजनितिक समिकरणबाट पार्टीको कार्यकर्ताहरुलाई सन्तुलन बनाइराख्नका निमित्त आज रौतहटको गरुडामा माओवादी केन्द्रको जिल्ला स्तरिय विस्तारित वैठक बसेका हुन् ।
प्रदेश सदस्य, निर्वाचन परिचालन समिति सदस्य, नगरपालिका÷गाउँपालिका संघर्ष समितिका अध्यक्ष एवं सचिवहरु उक्त बैठकमा सहभागी भएको बताइएको छ । सो वैठकमा माओवादी केन्द्रका नेताहरु युवराज भटराई (समिर), देवेन्द्र पटेल, सत्यनारायण भगत, वीरबहादुर गोले, रामनारायण साह लगायतको नेताहरुको उपस्थिति रहेका छन् ।
अहिले सम्म ६० प्रतिशत वडा, गाउँहरुको भेला सम्पन्न भएको तथा यही साउन २७ गते सम्म जिल्लाको सवै वडा, गाउँ, टोल भेला सम्पन्न गर्ने वैठकमा निर्णय भएको माओवादी केन्द्रका नेता युवराज भटराईले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै