फिलिपिन्समा ७.६ म्याग्निच्युडको भूकम्पपछि सुनामीको चेतावनी

   १७ मंसिर २०८०, आईतवार १२:२२  

फिलिपिन्स, १७ मंसिर (एजेन्सी । फिलिपिन्समा ७.६ रेक्टरस्केलको शक्तिशाली भुकमप गएपछि सुनामी आउने चेतावनी त्यहाँको सरकारले एडभाइजरी जारी गरेका छन् ।
फिलिपिन्समा आइतबार बिहान ७.६ म्याग्निच्युडको भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएका हुन् ।
“भूकम्पसँग सम्बन्धित सुनामीको खतरा अहिले धेरै हदसम्म फिलिपिन्समा पार भइसकेको छ,” फिलिपिन्स इन्स्टिच्युट अफ ज्वालामुखी तथा भूकम्प विज्ञान (पीएचआईभीओएलसीएस) ले ५०० भन्दा बढी परकम्पहरू आएको रेकर्ड गरिसकेपछि फिलिपिन्सको सरकारले जनताहरुलाई सुरक्षित स्थानमा जान र सावधान रहन जनहितमा एडभाइजरी जारी गरेका छन् । दक्षिणी फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प, त्यसपछि ठूलो पराकम्पनहरु आउने क्रम जारी नै छ ।
शनिबार दक्षिणी फिलिपिन्समा ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ, त्यसपछि चारवटा ठूला परकम्पहरू आएपछि सुनामीको डरले तटीय क्षेत्रका बासिन्दाहरू भागेका थिए ।
प्रारम्भिक भूकम्प स्थानीय समय अनुसार राति १०ः३७ बजे मिन्डानाओ टापुको हिनाटुआन नगरपालिकाबाट २१ किलोमिटर उत्तरपूर्वमा ३२ किलोमिटर (२० माइल) गहिराइमा देशको तटमा गएको थियो, युएसजीएसले जनाएको छ ।

श्रोतः हिन्दुस्तान टाइम्स

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै