भारत र चीनले कोप २८ मा विश्वको नवीकरणीय उर्जालाई तीन गुणा गर्ने अस्वीकार गरे

58 Shares

दुबई, १७ मंसिर (एजेन्सी) । दुबईमा भएको कोप २८ को शिखर सम्मेलनमा भारत र चीनले सन् २०३० सम्ममा विश्वको नवीकरणीय उर्जा क्षमतालाई तीन गुणा बढाउने कार्यको मतदानलाई अस्वीकार गरेका छन् ।
जलवायु शिखर सम्मेलनमा भारत र चीनले २०३० सम्ममा विश्वको नवीकरणीय ऊर्जा क्षमता तीन गुणा बढाउने वाचामा मतदान गर्न अस्वीकार गरेका हुन् ।
अष्ट्रेलिया, चिली, क्यानडा, जापान, बार्बाडोस, नाइजेरिया, ब्राजिल, लगायत कुल ११८ देशहरूले यो पहललाई समर्थन गरे । कोइला उर्जालाई चरणबद्ध गर्न र नयाँ कोइलाबाट चल्ने बिजुली प्लान्टहरूको लागि वित्त पोषण अन्त्य गर्न वाचा गरिएको थियो ।
यसरी भारत र चीनले उक्त मतदानमा सहभागी हुने अस्वीकार गरेपछि सहमती हुन नसकेको बताइएको छ ।
श्रोतः न्युज १८

सम्बन्धित समाचार