कर्मेयामा दुर्घटनामा परेर एकको मृत्यु प्रहरी सहित तिन जना घाइते

   मंसिर १७, २०८०  
55 Shares

सर्लाही, १७ मंसिर । सर्लाहीको वागमती नगरपालिकामा शनिवार राति सडक दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई प्रहरी सहित तिन जना घाइते भएका छन् ।
पूर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने सर्लाहीको वागमती नगरपालिका वडा नम्वर ११ पुरानो प्रहरी चौक अगाडी गए राति सडक दुर्घटनामा परेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुई प्रहरी सहित तिन जना घाइते भएको इलाका प्रहरी कार्यालय बरहथवाले जनाएका हुन् ।
गएराति ७ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ गइरहेको प्रदेश नं. २–०३–००६ प
६७ नम्वरको मोटरसाइकल र इलाका प्रहरी कार्यालय कर्मैयाबाट गस्तीमा रहेको विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एक आपसमा ठोक्किएर दुर्घटना भएको थियो ।
दुईवटा मोटरसाइकल ठोक्किएपछि प्रदेश नं. २–०३–००६ प ६७ नम्वरको मोटरसाइकल पछाडि सवार युवक सडकमा लडिदा काठमाडौँ हिडेको ना ७ ख १८३६ बसले किच्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक अनिलराज गिरीले जानकारी दिए ।
मृतक युवकको सनाखत हुन बाँकी छ । मृतक युवक ईश्वरपुर नगरपालिकाको वासिन्दा रहेको खुलेको र मृतकका परिवार आएपछि सनाखत हुने प्रहरी निरीक्षक गिरीले बताए । उनका अनुसार अहिले मृतकका परिवार आइरहेका छन् । मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । मोटरसाइकल चालक
ईश्वरपुर नगरपालिका सखुवनीका २१ वर्षीय रमेश महतो घाइते भएका छन् ।
दुर्घटनामा इलाका प्रहरी कार्यालय कर्मैयाका वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) नारायण दाहाल र प्रहरीको मोटरसाइकल चालक प्रहरी हवल्दार रामशरण न्यौपाने घाइते भएका छन् । घाइते रमेश महतो र प्रहरी हवल्दार रामशरण न्यौपानेको लालगढ अस्पताल, धनुषामा उपचार भइरहेको छ । वरिष्ठ सई दाहालको अवस्था भने सामान्य छ । दुर्घटनमा हुने मोटरसाइकल र युवकलाई किच्ने बस र चालकलाई नियन्त्रणमा राखिएको इप्रका हरिवनले जनाएको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै