पर्सामा लागु औषध सहित चार जना पक्राउ

   २२ श्रावण २०७८, शुक्रबार १५:२५  

तराई टप संवाददाता
पर्सा, २२ साउन । प्रतिबन्धित लागु औषध सहित चार जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।
विशेष सुराकीको आधारमा पर्सा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले वीरगञ्ज महानगरपालिका वडा नम्वर ९ का ४५ बर्षिय जितेसप्रसाद श्रीवास्तव, काठमाण्डौ महानगरपालिका वडा नम्वर ३ का ३२ बर्षिय विमल श्रेष्ठ, हेटौडा उपमहानगरपालिका ११ का २१ बर्षिय डेनिएल तामांग र हेटौडा उपमहानगरपालिका ४ का २७ बर्षिय विकास देउलालाई प्रहरीले लागु औषध सहित नियन्त्रणमा लिएको हो ।
प्रहरीले बिहीबार दिउँसो १०० एमएलको २३१ बोतल, कोडिन फस्फोट सिरफ १०० एमएलको ३३ बोतल, नाइट्राभेट ७५ ट्याबलेट र स्पाकोर भोनप्लस ८ बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । यस्तै साउन २० गते वीरगञ्ज महानगरपालिका–१६ शंकराचार्यबाट काठमाडौं सितापाइलका ३२ वर्षीय विमल श्रेष्ठ र हेटौंडाका २१ वर्षीय डेनियल तामाङको साथबाट स्कुटीको डिकीमा लुकाएर ल्याएको लागु औषध नुर्फिन ३० एम्पुल, डाइजेपाम ३० एम्पुल र फेनारगन ३० गरी ९० एम्पुल बरामद गरेको प्रहरीले जनाए ।
पक्राउ परेका चारैजना विरुद्ध लागु औषध सम्बन्धी कसूरमा थप अनुसन्धान अगाडि बढाइएको पर्सा प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै