मुम्बई । द आर्चिजबाट कयौँ स्टार किड्ज आफ्नो एक्टिङ डेब्यु गर्दैछन् । यसमा एक हुन् अमिताभ बच्चनका नाति अगस्त्य नंदा ।
अगस्त्यको डेब्यूलाई लिएर यति बेला पूरै बच्चन परिवार उत्साहित छ । सामाजिक सञ्जालमा आफ्नो पोष्टमार्फत अगस्त्यले आफ्ना फ्यानहरुलाई फिल्मबारे कयौँ जानकारी दिइरहेका छन् । हालै भने उनले शाहरुख खानकी छोरी सुहाना खानबारे एउटा खुलासा गरेका थिए ।
द आर्चिज अगस्त्य नन्दा र सुहाना खानको साथमा अभिनेत्री श्रीदेवी र फिल्म मेकर बोनी कपुरकी कान्छी छोरी खुसी कपुरको पनि डेब्यु फिल्म हो । यति बेला बलिउडमा द आर्चिज र यसका स्टारकाष्ट बारे व्यापक चर्चा भइरहेको छ ।
हालैमात्र अगस्त्य र सुहानाको एउटा भिडियो भाइरल बनेको थियो । भिडियोमा अगस्त्यले सुहानालाई ‘तिमीलाई मैले लामो समयदेखि चिनेको छु । म प्रमाणित गर्न सक्छु कि तिमी सबैभन्दा कम हँसिमजाक गर्छौ ।’
अगस्त्यको यो अभिव्यक्ति प्रति सुहाना भन्छिन्, ‘हो, तर हँसिमजाक गर्ने र अरुको खिल्ली उडाउनु दुबैमा धेरै नै फरक छ, ।’ भिडियोमा अगस्त्यले सुहाना गसिपिङ क्वीन हो भनेर भनेको सुनिन्छ । सुहानालाई कुनै पनि सिक्रेट भन्नै सकिन्न । किनकि उसको पेटमा केही कुरै अट्दैन । अगस्त्यको यो कुरा सुनेर सबै जना हाँस्न थाल्छन् ।
द आर्चिजमा मिहिर अहुजा, वेदांग रैन पनि छन् । शाहरुख खान आफ्नो छोरीको डेब्युलाई लिएर निकै उत्साहित छन् । आगामी वर्ष सुहानाले शाहरुखसँग ठूलो पर्दामा डेब्यु गर्दैछिन् ।
श्रोतः सिनेप्लस
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन