भारतीय प्रतिबन्धित खालिस्तानी संगठन संग कनेक्सन रहेका मोष्टवाण्टेड अमरजीत सिंह नेपालमा व्यवसाय संचालन गरी बसेको खुलासा

104 Shares

भारतमा अपराध गरी फरार भई नेपालमा व्यवसाय संचालन गर्दै आएका अपराधीले नेपाली नागरिकता लिएर बसेको समाचार सार्वजनिक भएको छ ।
भारतको जम्मु काश्मिर राज्यको गरुबचन सिंहका छोरा अमरजीत सिंह पंजावलाई छुटै देश बनाउने अभियानमा रहेका खालिस्तानी प्रतिबन्धित संगठन संग साँठगाँठ रहेका व्यक्ति नेपालमा पहिचान परिवर्तन गरेर नेपाली नागरिकताको प्रमाण पत्र लिएर व्यवसाय संचालन गर्दै आएको समाचार सार्वजनिक भएपछि खैलाबैला मचेको हो ।
भारत सरकारले खालिस्तानी संगठनलाई मोष्टवाण्टेड कुख्यात अपराधीक संगठनको सूचीमा राखेको छ । अमरजीत सिंहले पंजाबलाई छुट्टै देश बनाउन सशस्त्र विद्रोह सहभागी रहेको श्रोतले बतायो । सिंह काश्मिरमा ठगी धन्धामा संचालन गरेपछि भारतीय प्रहरीको मोस्ट वाण्टेड सूचिमा राखेर सर्वाधिक खोजी गर्न थालेपछि यतिखेर उनी पहिचान फेरेर नेपाली नागरिकता समेत प्राप्त गरी नेपालमै व्यवसाय संचालन गरेर बसेको बताइएका छन् ।
काश्मिरमा हजारौं व्यक्तिबाट करोडौं करोडं रकम ठगी गरेको र सशस्त्र पृथकतावादी संगठन खालीस्तानी संगठनको सदस्य रहेको भन्दै गान्धीनगर थानामा उनीविरुद्ध मुद्दा दर्ता भएपछि उनी भागेर नेपाल आएको उनी निकट स्रोतको दाबी छ ।
नेपाल आएर नाम र पहिचान परिवर्तन गरेर बस्दै आएका अमरजीत सिंहले नक्कली कागजात खडा गरी नेपाली नागरिता लिएर व्यवसाय गर्दै आएका छन् । सिंहले अवैध रुपमा आर्जन गरेको कालो धनबाट वीरगंज, काठमाण्डौ लगायतको शहरमा आलिशान महलहरु खडा गरेका छन् ।
नेपाल भारतको खुला सीमा सँगको फायदा उठाउदै अमरजीत सिंह जस्ता कंयौं अपराधमा लिप्त व्यक्तिहरुले केही भ्रष्ट कर्मचारी एवं फितलो नागरिकता वितरण प्रणालीका कारण नेपाली नागरिकता प्राप्त गरी नेपालबाट अवैध गतिविधि संचालन गर्दै आएको श्रोतको दाबी छ ।
जोनल हेड क्वार्टर्स, क्राइम ब्रान्च जम्मूको खोजी सूचिमा रहेका अमरजीत सिंह नेपालमा बस्दै आएको खबर प्राप्त गरी उनलाई नियन्त्रणमा लिन आउनेहरूलाई विचौलिया मार्फत दाम चढाएर पक्राउ हुनबाट बच्दै आएको केही अनलाइनहरुमा समाचार छापिएका छन् ।
प्रहरीले अमरजीत सिंह जस्ता अपराधी र द्वैध नागरिकलाई नियन्त्रणमा नलिंदा नेपाली भूमि समेत वित्तिय र सांगठनिक अपराधको बफरजोन बन्दै गएकोमा नेपालको सुरक्षा व्यवस्था गम्भीर खतरामा पर्दै गएको ति श्रोतले दाबी गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।