रौतहट, १९ मंसिर । आम जनता पार्टी (आजपा) द्वारा आयोजित पार्टी प्रवेश कार्यक्रम अन्तर्गत रौतहटको चन्द्रपुरमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुलाई आजपाका अध्यक्ष प्रभु साहले स्वागत गरेका छन् ।
रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्वर ५ मा मंगलवार आयोजित पार्टी प्रवेश कार्यक्रममा विभिन्न पार्टीहरु परित्याग गरेर आएकाहरुलाई आजपाका अध्यक्ष एवं पूर्व मन्त्री साहले पार्टी प्रवेश गराएको सो पार्टीले जनाएका हुन् ।
विशेष भेटघाट कार्यक्रम एवं पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीको वडाध्यक्ष प्रत्यासी बालकुमारी चौधरी, जसपाको वडाध्यक्ष प्रत्यासी बद्री प्रसाद यादव, रामप्रसाद साह तथा नेपाली काँग्रेसका नेवालाल साह, वुनिलाल बैठा सहित दर्जनौं नेता एवं कार्यकर्ताहरुलाई पार्टीमा स्वागत गरिएको छ ।
सम्पूर्ण नवप्रवेशी नेता एवं कार्यकर्ताहरुलाई पार्टी अध्यक्ष एवं रौतहट ३ बाट संघिय साँसद रहनु भएका साहले स्वागत गर्दै पार्टीको संगठनलाई सुदृढ बनाउन शुभकामना दिए ।
तस्वीर फिचर




प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट