धनुषा, १९ मंसिर । मधेश प्रदेश सरकारमा गृह, संचार तथा कानुन मन्त्रीलाई मधेश सरकारले प्रवक्ता नियुक्त गरिएका छन् ।
सोमवार मधेश प्रदेश सरकारको मन्त्री परिषदको बसेको बैठकबाट प्रदेश सरकारको प्रवक्तामा नेपाली काँग्रेसबाट गृह, संचार तथा कानुन मन्त्री रहनु भएका मोहम्मद समीम अन्सारीलाई नियुक्त गरिएका हुन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय जनकपुरधाम धनुषाका प्रदेश सचिव रामकृष्ण पुडासैनीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ, मधेश प्रदेश सरकार (कार्यसम्पादन) नियमावली, २०८० को नियम २९ उपनियम को (१) वमोजिम मधेश प्रदेश सरकारको प्रवक्तामा गृह, संचार तथा कानुन मन्त्री अन्सारीलाई नियुक्त गरिएको जनाइएको छ ।
प्रदेश सरकारको प्रवक्ता पदमा गृह, संचार तथा कानुन मन्त्री अन्सारीलाई नियुक्त गरिएकोमा नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागको प्रमुख नितेशकुमार गुप्ताले बधाई दिदै सफल कार्यकालको शुभकामना दिए ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट