बलरा (सर्लाही), २१ मंसिर । सर्लाहीको बलरामा जनमत पार्टीद्वारा आयोजित हुलाकी राजमार्ग अनतर्गत रोजगारी मुलक विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । हुलाकी राजमार्गलाई आधार बनाएर रोजगारी सिर्जना गर्ने विषयक अन्तरक्रिया कार्यक्रम बलरा नगरपालिका –११ मा सम्पन्न भएको हो ।
मधेस नीति तथा योजना आयोगका सदस्य डा.सोहन साहले हुलाकी राजमार्गमा के–कस्ता योजना, परियोजना सञ्चालन वा काम गरे रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने स्थानीय जनप्रतिनिधि, बुद्धिजीवि र सर्वसाधारणको सुझाव संकलन गरे ।
२०७९ मंरिसरको आम निर्वाचनमा कृषि र रोजगारीलाई मुख्य एजेण्डा बनाएको जनमतले १० लाख रोजगारी सिर्जना गर्ने घोषणा गरेको थियो । चुनावी एजेन्डा अनुरुप जनमत पार्टीले बिपि साहको नेतृत्वमा हुलाकी राजमार्ग क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषयमा अध्ययन सुरु गरेका छ्न । हुलाकी राजमार्गलाई रोजगारी सँग जोड्न सकिए लाखौं जनताको रोजगार पाउने सक्ने विश्वास जनमत पार्टीले लिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन