zoom hacked download the app zoom zoom f6 download zoom cloud meeting app free download for windows 10 zoom download filehippo zoom download and install

बेवारिसे अवस्थामा कपडा र भाँडो बरामद

   २२ श्रावण २०७८, शुक्रबार १५:३६  

 

तराई टप संवाददाता
रौतहट, २२ साउन । गरुडा नगरपालिकाको जयनगर चोक स्थित कपडाले भरिएको बोरा सहित भाँडाकुडा प्रहरीले फेला पारेको छ ।
रौतहटको गरुडा नगरपालिका १ जयनगर गौर चन्द्रपुर सडक खण्डमा भारतबाट चोरी तस्करी गरेर ल्याईरहेको अवस्थामा कपडाले भरिएको बोरा प्रहरीलाई देखेपछि ओसार पसार गर्ने कारोवारी कपडाको बोरा र भाँडोको बोरा छाडेर भागेपछि प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको हो ।
बरामद गरिएको उक्त सामानको मूल्य ४४ हजार रहेको हुँदा आवश्यक कारवाहीको लागि गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै