मिटर ब्याज पीडित संघको प्रदर्शनमा प्रहरीको अवरोध, चन्दनिगाहपुरमा सयौं सुरक्षाकर्मी परिचालन

   २१ मंसिर २०८०, बिहीबार १५:३९  

रौतहट, २१ मंसिर । लघुबित्त र मिटर ब्याज पिडित संघद्वारा विहिवार रौतहट जिल्लामा प्रदर्शन गर्ने तय कार्यक्रमलाई प्रहरीले अवरोध उत्पन्न गरेको आरोप मिटर ब्याजी पीडित संघलेले जनाएका छन् ।
मधेश प्रदेशभरीबाट लघुवित्त र मिटर ब्याज पीडितहरुलाई रौतहटमा ल्याएर प्रदर्शन गर्ने आज तय गरिएको कार्यक्रममा प्रहरीले अवरोध सृजना गरेको आरोप लगाएका हुन् ।
पीडितहरुले रौतहटको चन्द्रनिगाहपुरमा बिरोध प्रदर्शन गरेका छन । पिडितहरुले मधेश प्रदेशभरीबाट पिडित ल्याएर बिरोध प्रदर्शन गर्ने कार्यक्रममा रहेको भएपनि उनिहरुलाई प्रहरीले आउन नदिएको उनिहरु गुनासो गरे ।
मिटर ब्याजी पीडितहरुद्वारा उच्श्रृंखल गतिविधि गर्ने सूचना पाएपछि स्थानीय प्रशासन सजग भएर चन्द्रनिगाहपुरमा व्यापक संख्यामा प्रहरी परिचालन गराएर उक्त प्रदर्शन गर्नमा संयमता अपनाउन सुरक्षाको पुख्ता बन्दोबस्त मिलाइएको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै