एलआइसीको प्रादेशिक कार्यालय जनकपुरमा १७ दिन देखि तालाबन्दी जारी, सम्बध निकाय चिर निन्द्रामा

110 Shares

धनुषा, २१ मंसिर । एलआईसी नेपाल लिमिटेडले गरेको करोडौंको घोटालालाई लिएर साबिक अभिकर्ता सहितका विमाधारीहरुले विगत १७ दिन देखि मधेश प्रदेशको जनकपुरधाममा रहेको एलआईसी नेपाल लिमिटेडको कार्यालयमा तालाबन्दी कार्यक्रमलाई जारी राख्दै एलआइसीको बेथितिलाई उजार गर्दै आएपनि सम्बध निकाय चिर निन्द्रामा रहेका छन् ।
विगत १७ दिन देखि एलआइसी नेपाल लिमिटेडको मधेश प्रदेश कार्यालय जनकपुरधाममा ताला लगाएर विरोध प्रदर्शन जारी राख्दै आएपनि सम्बध निकायले कानमा तेल हालेर चिर निन्द्रामा रहेको हुँदा अभिकर्ता एवं विमाधारीहरु आन्दोलनलाई चर्काउदै अघि बढेको साबिक अभिकर्ता लायन्स सत्येन्द्र पाण्डेले बताएका हुन् ।
सयौं विमा गराउने ग्राहकको कागजातहरु एलआईसीका उच्च पदस्थ पदाधिकारी प्रकाशबहादुर उपाध्याय, सुचना अधिकारी सदर्शन गिरी र गौर शाखाका तत्कालिन शाखा प्रमुख विपिनकुमार साहको मिलोमतोमा नष्ट गराएर ग्राहकको लाखौं रकम हिनामिना गरेपछि विगत चार महिना देखि उक्त हिनामिना गर्ने पदाधिकारीहरु विरुद्ध कारवाहीको माग गर्दै ग्राहकको रकम फिर्ता गर्नका लागि अनवरत रुपमा संघर्ष गर्दै आएको भएपनि सम्बध निकायहरु कानमा तेल हालेर सुतेको गम्भीर आरोप साबिक अभिकर्ता एवं लायन पाण्डेले लगाए ।
पाण्डे भन्छन् भारतीय जीवन विमा कर्पोरेशनको ५५ प्रतिशत लगानी रहेको एलआइसी नेपालमा जनताहरुको जीवनभरीको कमाईबाट छाकबाट कटौती गरेर जम्मा गरेको रकम सिद्धयाउने दाउमा एलआईसी नेपाल लिमिटेडका पदाधिकारीहरु गम्भीरु षड्यन्त्र गरिरहेको गम्भीर आरोप लगाए ।
जनकपुरमा ताला लगाएको १७ दिन बित्न लाग्दा पनि कहिँ कतै बाट ताला खुलाउने प्रयास समेत नभएको र आमजनताहरु थप ससंकित बनि नेपाल राष्ट्र माथि नकारात्मक असर पररहेकोले नेपाल सरकार र देश विदेश मा बसोबास गर्ने सबै बिमाप्रेमीहरु मा पिडितहरुले जिल्ला प्रहरी कार्यालय गौर, रौतहट मा गरेका सहमति कार्यान्वयन गरिदिन खुल्ला रुपमै समाचार आइरहेका छन् जसबाट विमाप्रेमीहरुमा एलआइसी प्रति नकारात्मक संदेश प्रवाह भइरहेको पाण्डेले भने ।

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।