download x zoom app windows zoom zoom download zoom cloud meetings app for pc download zoom download gratuit download zoom for pc for free

श्रीमतीको निधन पछि १३ दिनको क्रियामा बसे श्रीमान्

   २२ श्रावण २०७८, शुक्रबार १६:१०  

तराई टप संवाददाता
रौतहट, २२ साउन । प्रतिनिधि सभाको साँसद देव प्रसाद तिमलसिनाले श्रीमतीको निधन भएपछि १३ दिनको काजक्रियामा बस्नु भएको छ ।
हिन्दु धर्म अनुसार बुवा आमाको निधन भएपछि परम्परागत रुपमा छोराले क्रियामा बस्ने गरेको पाइन्छ तर रौतहट क्षेत्र नम्वर ४ बाट नेपाली काँग्रेसबाट निर्वाचित साँसद तिमलसिनाको श्रीमतीको निधन भएपछि आफै १३ दिनको काज क्रियामा बस्नु भएको हो ।
४९ बर्षको अल्पायुमै निधन भएकी श्रीमती रेणु तिमलसिनाको हिन्दु संस्कार अनुसार १३ औं दिनको क्रियामा साँसद तिमलसिना आफै बसेका हुन् । साउन २१ गते काठमाडौंको वानेश्वर स्थित साँसद निवासमा निधन भएकी श्रीमती तिमलसिनाको दाहसंस्कार गृह जिल्ला रौतहट ल्याएर वागमती नदीमा हिजो साँझ गरिएका थिए ।
साँसद तिमलसिनाको तिन वटी छोरी रहेको तर छोरा नरहदा उनी आफै क्रियामा बसे । परम्परागत समाजिक संस्कार एवं मान्यता अनुसार श्रीमतीको निधनमा श्रीमान काज क्रियामा बस्न नहुने चलन भएपछि सामाजिक मान्यतालाई वास्ता नगर्दै उनले श्रीमतीको काजक्रियामा बसेको बताइएको छ ।
जिवनसंगीनी गुमाएपछि व्राम्हणको सल्लाहमा नै उनले काजक्रियामा बसेको उनको पारिवारिक श्रोतबाट बुझिएको छ । राजनिती मार्फत समाज परिवर्तन र नागरिकको जीवनस्तर उकास्ने तथा समाजको भलो हुने जुनसुकै कार्यमा लागिपर्ने प्रतिनिधि सभा सदस्य तिमलसिनाले श्रीमतीको निधन पछि आफै काजक्रियामा बसेको देख्दा समाजमा सकारात्क सन्देश प्रवाह भएको एवं अहिले जिल्लाभरी नै चर्चाको विषय बनेको छ ।
रेणु तिमलसिना केही बर्ष देखि मृगौलाको रोगबाट ग्रसित रहेको हुँदा उनलाई काठमाडौंमै राखेर उपचार हुँदै आएपनि हिजो विहानै उनको अल्प आयुमा मृत्यु भएको जानकारी दिदै प्रतिनिधि सभा सदस्य तिमलसिनाको स्वकिय सचिव मुकेश गिरीले आमा बुवाको निधन हुदा छोरी समेत १३ औ दिनको किरियामा बस्न थालेको अबस्थामा उनले स्वयम श्रीमतीको किरियामा बस्नु भएको स्पष्ट पारे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै