रौतहट, २६ मंसिर । संघिय राजधानी काठमाडौंमा लागु औषधको कारोवारीलाई समात्न गोली चलाएको खवर प्राप्त भएको छ ।
प्राप्त जानकारी अनुसार उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले ललितपुरको झम्सिखेलमा एक जना लागुऔषधको कारोवारीलाई गोली हानेर नियन्त्रणमा लिएको जनाइएको हो ।
प्रहरीले लागुऔषध कारोवारको पछ्याउदै जाने क्रममा गोली चलाएपछि प्रतिउत्तरमा प्रहरीले कारोवारीलाई खुटामा गोली हानेर नियन्त्रणमा लिएको उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरका एसपी रबीन्द्र रेग्मीले जानकारी दिए ।
अविनाश राई नामको लागु औषधका कारोवारीलाई गोली हानेर पक्राउ परेको उनले बताए । कारोवारी राईको साथबाट आइस ड्रग बरामद भएको उनले भने । राईलाई गोली लागेर घाइते भएपछि प्रहरी नियन्त्रणमा उपचारका लागि अस्पताल लगिएको छ ।
दाहिने खुट्टामा गोली लागेको छ भने राईको साथबाट एउटा पेस्तोल पनि बरामद भएको एसपी रेग्मीले बताए ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन