राधेश्याम कुशवाहा
सर्लाही, २६ मंसिर । सर्लाहीको बरहथवा नगरपालिकामा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारको मातहतमा हस्तान्तरण गर्ने माग राख्दै बरहथवामा नेपाली काँग्रेसले प्रदर्शन गरेका छन् ।
बरहथवा नगरपालिका वडा नम्वर ६ मा रहेका प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश सरकारलाई हस्तान्तरणको विषयलाई लिएर नेपाली काँग्रेसले प्रदर्शन गरेका हुन् । नेपाली काँग्रेस बरहथवाका नगर कार्य समितिको कार्यलयबाट सुरु भएको विरोध रयाली नगरपरिक्रममा गर्दै बैल बजारमा पुगेर कोण सभामा परिणत भए ।
साविक प्राथमिक स्वास्थ्य केन्द्र र हालको निर्माणधिन १५ बेडको नगर अस्पताललाई ५० बेडको अस्पतालमा स्तरोन्नतिका लागि सहमती अनुसार प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने उनीहरुले माग गर्दै विरोध प्रदर्शन गरेको बताइएको छ । प्रदेश सरकारबाट निर्माणाधिन १५ बेडको नगर अस्पतालको ५० बेडमा स्तरोन्नति हुनु बरहथवावासीको लागि सौभाग्यको कुरा रहेको जमिन दाता महोम्मद अफताब आलमले जानकारी दिए ।
५० बेडको अस्पताल भएमा यहाँ आईसियु, भेन्टिलेटर, डायलोसिस, सिटिस्क्यान र पोस्टमार्टम जस्ता सेवाहरु सुचारु हुँदा यहाँको बासिन्दाहरुलाई बाहिर जानुपर्ने अवस्थाबाट छुटकारा पाउने विश्वास उनको रहेको छ ।
बरहथवा नगर कार्यपालिका बैठकमा भएको सहमती विपरीत मेयरले चिठी रोकेको मेयर प्रत्याशी तथा विरोध रयालीको नेतुत्वकर्ता बिगु चौधरीले बताए । नगरपालिकाको मेयर र केही मेडिकल माफिहरुले ५० बेडको अस्पताललाई नगरअस्पतालमै सिमित राख्न खोजेको उनको आरोप छ । स्थानीय सरकार विकासको बाधक रहेको टिप्पणी गर्दै माग पूरा नभएसम्मा आन्दोलन जारी रहने उनले चेतावनी दिए ।
बरहथवा नगरपालिकाको कार्यपालिकाको २०७९ असोज ९ गते बसेको बैठकले निर्माणधिन नगर अस्पताललाई स्तरोन्नतिका लागि प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय भएको थियो । कार्यपालिकाको पूर्ण बहुमतबाट पारित भएको निर्णयको कार्यन्वयनको माग गर्दै अनिश्चितकालीन आन्दोलन तथा तालबन्दी गर्ने चेतावनी दिए ।
निर्माधिणधिन नगर अस्पताललाई स्थानीय तहकै मातहतमा रहन दिन र ५० बेडको प्रादेशिक अस्पताल निर्माणका लागि छुट्टै जग्गा उपलब्ध गराई दिने बरहथवा नगरपालिकाका नगरप्रमुखले बताउदै आएको नगरपालिका स्रोतको भनाई छ ।
आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममा प्रदेश सरकारका स्वास्थ तथा जनसंख्या मन्त्री विरेन्द्रप्रसाद सिंहको पहलमा बरहथवा स्थित निर्माणाधिन नगर अस्पताललाई ५० बेडको अस्पतालमा स्तोरोन्नती गर्न बजेट विनियोजन गरिएको छ ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन