app zoom us download zoom cloud chat download download zoom for notebook zoom app documentation download zoom meeting online alone in the dark download vn zoom zoom installation failed error 10088 - zoom installation failed error 10088 zoom install windows 10

एमबीबीएसको प्रवेश परिक्षामा रौतहटको चेली आयुष्मा काफ्ले छात्रा तर्फ पहिलो स्थानमा

   २२ श्रावण २०७८, शुक्रबार १६:५१  

तराई टप संवाददाता
रौतहट, २२ साउन । एमबीबीएस अध्यन गर्नका निमित्त नेपाल सरकारको चिकित्सा शिक्षा आयोगले लिएको प्रवेश परीक्षामा छात्रा तर्फ रौतहटको चेली उत्कृष्ट स्थान हासिल गरेकी छिन् ।
चिकित्सा शिक्षा आयोगले प्रवेश परिक्षाको नतिजा शुक्रवार सार्वजनिक गर्दा रौतहटको चन्द्रपुर नगरपालिका घर भएकी आयुष्मा काफ्ले छात्रा तर्फ पहिलो स्थानमा नाम निकाल्न सफल भएकी हुन् । आयुष्माले समग्रमा टप थ्रि स्थान हासिल गरेकी छिन् ।
सार्वजनिक भएको नतिजा अनुसार २ सय पूर्णांकमा आयुष्मा ले १ सय ८३ अंक प्राप्त गरेकी छन् । उत्कृष्ट अंक हासिल गरेसँगै उनले चिकित्सा शिक्षा अध्ययनका निम्ति सरकारले प्रदान गरिने पूर्ण छात्रवृत्ति पाएकी छिन ।
मुलुक भरिबाट ११ हजार छात्रछात्राहरुलाई उछिन्दै आशिक झा पहिलो स्थान हासिल गर्दै सर्वोकृष्ट बनेका छन् । आशिकको १ सय ८६ अंक रहेको छ उनको यो अंक आयुष्माको भन्दा ३ नम्बरले बढी हो । आयोगले पहिलो पटक एमबीबीएस अध्ययन गर्नका निम्ति एकीकृत परीक्षा लिएको हो । यसअघि विश्वविद्यालय पिच्छे फरक–फरक परीक्षा लिइन्थ्यो ।
सेन्ट जेभियर्स कलेज बाट विज्ञान विषय कक्षा ११ र १२ लिएर पढेकी आयुष्माले २०७७ सालको ब्याचमा उत्कृष्ट अंक लिएर उत्तीर्ण गरेकी थिइन । त्यसलगत्तै एमबीबएीस अध्ययनका निम्ति लिइएको प्रवेश परीक्षामा पहिलो पटकमै उत्कृष्ट छात्रा बनेकी उनको विद्यालय तथा उनले एस ई ई दिएको विद्यालय माउन्ट एभरेष्ट आवासीय विद्यालयमा समेत खुशयाली छाएको तथा चारै तिरबाट विद्यलाय प्रशासनलाई बधाईको ओइरो लागेको छ ।
साधारण परिवारमा जन्मिएकी आयुष्माले चन्द्रनिगाहपुर स्थित माउण्ट एभरेष्ट विद्यालयबाट ३ दशमलव ८५ जीपीए सहित एसईई उत्तीर्ण गरेकी थिईन् । मम्मी शिक्षण पेसा गर्नु हुन्छ उनले भनिन, उहाँकै प्रेरणा र सहयोगले आज एमबीबीएस पढ्ने पहिलो खुडलो पार गरेको बताइन ।
उत्कृष्ठ नै हुन्छु भनेर नपढेको तर जसरी पनि राम्रो गर्छु भनेर पढेको आयुष्माले भने । रौतहटकी चेली आयुष्मा काफ्लेको उत्कृष्ठता सँगै रौतहट जिल्लाकी छात्राले यति ठूलो उपलब्धि हासिल गरेको भन्दै समग्र रौतहट बासिमा खुशीको कुरा सुन्न पाइएको र अन्य छात्र छात्राहरुको प्रेरणाको श्रोत भएको चन्द्रपुर नगरपालिकाको नगर प्रमुख रामचन्द्र चौधरीले बताए ।
२०६८ सालमा भएको जनगनणाको तथ्याँक हेर्ने हो भने रौतहट जिल्ला शिक्षाको दृष्टिकोर्णबाट ७४ औं स्थानमा रहेको छ । शिक्षामा धेरै पछि भएपनि आयुष्माको सर्वोकृष्ट नतिजाबाट यहाँका विद्यार्थीहरुमा उत्साह र हौसला बढाउने शिक्षाविद एवं जेष्ठ नागरिक संघका जिल्लाअध्यक्ष विजयकिशोर झाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै