राधेश्याम कुशवाहा
सर्लाही, २६ मंसिर । नेपाल सरकारले एकलौंटी ढंगबाट उखुको मूल्य निर्धारण गरेकोमा सर्लाही गोडैंता नगरपालिकाको नगरप्रमुखले आपत्ती जनाएको छ ।
गोडैंता नगरप्रमुख तथा लोसपाका महासचिव एवं उखु उत्पादक महासंघ नेपालका सदस्य समेत रहनु भएका देवेन्द्रकुमार यादवद्वारा हस्ताक्षरित विज्ञप्तीमा हिजो नेपाल सरकारको कृषि तथा पशुपंक्षि मन्त्रालयमा उखुको मूल्य निर्धारण सिफारिसको लागि बसेको बैठकमा उखु उत्पादक महासंघ नेपालको प्रतिनिधिको हैसियतले सहभागी भएको जानकारी यसै विज्ञप्ती मार्फ गराउन चाहेन्छु ।
उखुको मूल्य ५६५ अनुदान बाहेक भएको सिफारिसका निर्णयमा मेरो असहमती रहेको आपत्ती जनाउदै उक्त निर्णयको विरोध गर्दा गर्दै प्रधानमन्त्री कार्यालयको दवाव रहेको जुन कुराको पुष्टयाइए आजको कान्तिपुरको सम्पादकीयमा लेखले पुष्टि गरेकोमा यसरी एकलौंटी तवरबाट गरिएको निर्णय प्रति खेद व्यक्त गरे ।
् यादव अगाडी भन्छन् प्रधानमन्त्री पुष्पकमल दहाल संग त्रिपक्षीय बैठक बोलाई उखुको उचित मूल्य निर्धारण गर्न माग गरे । उखुको मूल्य निर्धारण हुनु भन्दा अगावै गत आर्थिक बर्षको अनुदानको रकम ५१ करोड हुन बाँकी रहेकोमा यथाशिघ्र भुक्तानीको लागि नेपाल सरकारको प्रधानमन्त्री संग उनले जोडदार रुपमा विज्ञप्ती मार्फत माग उठाएका छन् ।

बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन