जिल्ला मानवअधिकार अनुगमन समितिको संयोजकमा झा चयन

रौतहट, २२ साउन । जिल्ला मानव अधिकार अनुगमन समितिको संयोजकमा नेपाल पत्रकार महासंघ रौतहका अध्यक्ष प्रेमचन्द्र झा सर्वसहमतिबाट चयन हुनु भएको छ ।
राष्ट्रिय मानव अधिकार आयोग प्रदेश २ को कार्यालय जनकपुरधमका मानव अधिकार अधिकृत मनमाया राना मगरको उस्थितिमा नेपाल पत्रकार महासंघको अध्यक्ष झाको अध्यक्षता सात सदस्यीय जिल्ला मानव अधिकार अनुगमन समिति गठन गरिएको हो ।
नवगठित समितिमा नेपाल वार एसोसियसन का अध्यक्ष राजाराम यादव गैर सरकारी सस्था महासंघका अध्यक्ष रामपुकार यादव, रौतहट उधोग वाणिज्य संधका अध्यक्ष पण्डित प्रसाद जयसवाल, ईसिडिसिका अध्यक्ष धर्मेन्द्र पासवान, मानव अधिकार तथा शान्ति समाजका जिल्ला अध्यक्ष विन्दा साहनी र मानव सेवा केन्द्र गौरका प्रतिनिधि निलु झा चयन हुन भएको छ ।