काठमाडौं, २७ मंसिर । आम जनता पार्टीमा अहिले विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुको संख्यामा वृद्धि हुँदै गएका छन् ।
यसैक्रममा बुटबलका वामपंथी नेता सागर पाण्डेय एक समारोहका बीच आम जनता पार्टीमा प्रवेश गरेका हुन् । संघिय राजधानी सिंहदरबार स्थित संसदीय दलको कार्यालयमा पुराना वामपंथी नेता पाण्डेय आजपामा प्रवेश गरेको छ । नवप्रवेशी वामपंथी राजनीति गरेका नेता पाण्डेयलाई आजपा अध्यक्ष प्रभु साहले खादा लगाएर पार्टीमा स्वागत गरेको बताइएका छन् ।
नवप्रवेशी पाण्डेय बटवल उपमहानगरपालिका ३ रुपनदेही घर रहेको छ । युएमएनमा ११ बर्ष हाइड्रोपावर र अनुसन्धान, मल्टिपरपज टे«निंग सेन्टरका कार्यकारी प्रमुख तथा वातावरण पत्रकार समाजको पूर्व कोषाध्यक्ष सहित विभिन्न प्रतिष्ठानहरुमा महत्वपूर्ण पदमा रहेको व्यत्तित्व आजपामा प्रवेश गरेकोमा अध्यक्ष साहले अगामी कार्यकाल सुखद एवं फलदायी हुने शुभकामना दिए ।
यस बाहेक पाण्डेय २०५० मा एमालेको सङ्ठित सदस्य रहदै, ४ बर्ष नव जनवादी मोर्चा (रामराजाप्रसाद सिहको पार्टीको केन्द्रिय कमिटीमा काम गरेको), संयुक्त रास्ट्रबादी समाजबादी पार्टीको केन्द्रिय कमिटी सचिव तथा प्रचारप्रसार प्रमुख नेपाली राजनीति शुद्ध र सुदृढ भए समृद्ध नेपाल सुखी नेपाली हुने बिश्वास व्यक्त गर्दै आजपामा प्रवेश गरे ।
आजपा अध्यक्ष साह देशको विभिन्न जिल्लाहरुको भ्रमण गरेर पार्टीमा महत्वपूर्ण व्यक्तिहरुलाई ल्याउने अभियान अन्तर्गतका कार्यक्रमरु संचालनमा रहेको सो पार्टीले जनाएका छन् ।

प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट