रौतहट, २८ मंसिर । सम्बध निकायको सेटिंगमा निषेधित क्षेत्रबाट अबैध रुपमा सयौं घन मिटर ढुंगा उत्खनन गराएर बोल्डर माफियाहरुले भण्डारण गरेका छन् ।
नेपाल सरकारले चुरे क्षेत्रलाई संरक्षण एवं सम्बद्र्धन गर्न गराउने निमित्त राष्ट्रपति चुरे संरक्षण कार्यक्रम संचालन गरेको भएपनि जिल्ला स्थित सम्बध निकायहरु ढुंगाको कारोवार गर्ने माफियाहरु संगको सेटिंगमा निषेधित क्षेत्रबाट उत्खनन गरेर चन्द्रपुर नगरपालिका वडा नम्वर १ स्थित वागती नदी किनारमा सयौं घन मिटर ढुंगा भण्डारण गरिएका हुन् ।
त्यतीमात्रै नभई चन्द्रपुरको उत्तर भेग गैडाटारको क्षेत्रमा पनि ढुंगा माफियाहरु १५÷२० ट्रेक्टरको माध्यमबाट दैनिक रुपमा ढुंगा संकलन गराएर भण्डारण गर्ने गरिएको भएपनि सम्बध निकायहरु आर्थिक सेटिंगमा परेको कारण अबैध कार्य निरन्तरता पाएको आरोप स्थानीयहरुले लगाएका छन् ।
ढुंगा संकलन वा उत्खनन गर्न पूर्व पश्चिम राजमार्ग देखि दक्षिण तर्फ गर्नुपर्ने तर लक्ष्मीकान्तको शक्तिको आडमा अबैध कार्य निर्वाध रुपमा जारी रहेको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदीमा ठेक्का हालसम्म लगाएको छैन । ठेक्का नलगाएपछि ढुङ्गा अबैधरुपले उत्खनन गरेर भण्डार कसरी गरिएको छ त्यस प्रति प्रश्न उठेनु स्वभाविकै रहेको स्थानीयहरु बताउँछन् । नदि किनारमा थुपारीएको सयौं घनमिटर ढुंगा सम्बन्धित निकायले जफत गर्नुपर्ने स्थानीय वासिन्दाले माग गर्दै आएका छन् ।
अवैद्य रुपमा नदीबाट उत्खनन गरेर बागमती किनारको दोभान सामुदायिक वन क्षेत्रमा भण्डार गरिएको ढुंगा संकलनकर्ताहरु र व्यवसायीले विक्री वितरण समेत गर्दै आएको छ ।
चन्द्रपुर नगरपालिकाले बागमती नदिमा ठेक्का नलगाएको अवस्थामा ढुङ्गा संकलन गर्ने नियम बिपरित को कार्य कसरी भईरहेको छ, कतै नगरपालिकाको पदाधिकारीहरुको संलग्नता रहेको त छैन यतिखेर प्रश्न उब्जीएको छ । उनीहरुले ढुंगा विक्री गर्न जिल्लाको दक्षिणी भेगमा लैजादा सर्लाहीको बागमती नगरपालिकाको ढुंगा हो भन्दै लाने गरेका छन् ।
डिभिजन वन कार्यालय रौतहटका सहायक वन अधिकृत सुरेश महतोले नियम बिपरित नदि किनारमा उत्खनन र संकलन गरेर राखेको ढुंगाको विषयमा अनुसन्धान भइरहेको जानकारी दिएका छन ।
ढुंगा उत्खननको समाचारहरु बाहिरिदा जिल्ला अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समितिका सभापति, प्रमुख जिल्ला अधिकारी सहितका सुरक्षा निकायका पदाधिकारीहरु बुधवार खोलाको अनुगमन निरीक्षण गरेको बुझिएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन