सर्लाही, २८ मंसिर । सर्लाहीको हरिपूर्वा नगरपालिकाको हनुमान चोक नजिक विहिवार दिउसो बैंककर्मीलाई अज्ञात समुहले पेस्तोल देखाएर पाँच लाख लुटेका छन् ।
हरिपूर्वा नगरपालिका वडा नम्वर ६ हनुमान चोक स्थित महाजनको पोखरी नजिक आज दिउसो २.३० बजेको समयमा अज्ञात समुहले पेस्तोल देखाएर पाँच लाख रुपैया लुटेका हुन् ।
हरिपूर्वा नगरपालिकामा रहेको एनआईसी एशिया बैङ्कको शाखाबाट पाँच लाख रुपियाँ झिकेर जयगंगा बचत तथा क्रण सहकारी संस्थाको सेवा केन्द्र बसन्तपुरतर्फ लिएर जाँदै गर्दा पेस्तोल देखाएर उक्त रकम लुटेर लगेको बताइएको छ ।
वसन्तपुर सेवा केन्द्रका प्रमुख रामनाथ राय र कर्मचारी निरा रायले ना १५ प ९८९२ नम्वरको मोटरसाइकल पैसा लिएर हरिपूर्वाबाट वसन्तपुरतर्फ जाँदै गर्दा अज्ञात समुहले पेस्तोल देखाएर लुटपाट गरेको सहकारीले जनाएको छ । तत्कालै वरिपरीका मानिसले दौडिएर नियन्त्रणमा लिन खोज्दा दुई जना हतियारधारी व्यक्ति पेस्तोलबाट एक राउण्ड हवाई फायर गर्दै फरार भएका प्रत्यक्षदर्शीले बताए ।
अज्ञात व्यक्तिहरु मुखमा कालो मास्क लगाएर हिँडेका लुटेरा सवार अपाचे मोटरसाइकलको नम्वर प्लेटमा माटोले पोतिएको थियो । जिल्ला प्रहरी कार्यालय सर्लाही प्रवक्ता एवं डिएसपी दिपेन्द्र पंजियार थारुले लुटपाटमा संलग्न अज्ञात व्यक्तिहरुो खोजी कार्यलाई प्रहरीले तिव्र बनाएको बताए ।
अहिले जिल्लाभरी तथा सीमा क्षेत्रमा कडाईका साथ चेकजाँच भइरहेको डीएसपी थारुले बताए । उनका अनुसार घटनाका सम्वन्धमा वरिपरीका स्थानीय र लुटिएका कर्मचारी सँग सोधपुछ जारी रहेको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन