78
Shares
रौतहट, ३० मंसिर । आम जनता पार्टीको आम सम्पर्क मञ्चको राष्ट्रिय भेला सम्पन्न भएको छ ।
सम्पन्न भएको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलामा भन्सार नियमावलीबाट ४५ प्रतिशत कथि पुरस्कारको व्यवस्था लुटकारी भएको हुँदा त्यसलाई खारेजीको लागि पुष १ गते देखि भन्सार विभागमा धर्ना तथा घेराउ गर्ने उदघोष गरिएको हो ।
काठमाडौंको अनामनगर स्थित तमुबुद्ध सेवा समितिको सभाहलमा सम्पन्न भएको उक्त भेलाले श्रीनारायण प्रसादको नेतृत्वमा ७५ सदस्यीय केन्द्रिय समिति एवं मधेश प्रदेश कमिटीको पदाधिकारी चयन गरिएका छन् ।
ऐतिहासिक भेलामा नेकपा (एमाले) को धाधिंग जिल्लाको नेतृ देवी पण्डित र नेपाली कांग्रेस पार्टीको सिरहा नेता सत्यनारायण मण्डल लागायतका नेता एवं कार्यकर्ताहरु उक्त पार्टी परित्याग गरेर आम जनता पार्टीमा प्रवेश गरेका हुन् ।


प्रहरीको कन्ट्रोल कक्षमा फोन गर्दा अपशब्द भाषाको प्रयोगलाई लिएर प्रदेश प्रहरी कार्यालयको ध्यानाकर्षण
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट