काठमाडौं, १ पुस । आम जनता पार्टीले भन्सार नियमावलीबाट ४५ प्रतिशत कथित रुपमा दिदै आएको पुरस्कारको प्रावधान हटाउन माग गर्दै भन्सार विभागको कार्यालयलाई घेराउ गर्दै प्रदर्शन गरेका छन् ।
आम जनता पार्टी निकट आम सम्पर्क मञ्चद्वारा “भन्सार नियमावलीबाट ४५% कथित पुरस्कारको लुटकारी ब्यवस्था खारेजी” को माग राख्दै आईतवार देखि पुनः भन्सार बिभाग त्रिपुरेश्वरमा धर्ना तथा घेराउ प्रदर्शन कार्यक्रम सुरु गरेका हुन् ।
शनिबार बसेको आम सम्पर्क मञ्चको राष्ट्रिय भेलाले सरकारको विभेदकÞारी एवं लुटकारी राजस्व नीतिको विरुद्धमा आज देखि भन्सार विभाग घेराउ गर्ने निर्णय अनुसार त्रिपुरेशर स्थित भन्सार बिभाग घेराउ प्रदर्शन गरिएको सम्पर्क मञ्चले जनाएको छ ।
गत भदौं ३१ गते भन्सार विभागको महानिर्देशक मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएर सुरुआत गरिएको संघर्षको पहिलो चरण अंन्तर्गत असोज ३ गते पत्रकार सम्मेलन, असोज १८ गते नियमावलीको गलत प्रवाधान जलाईंएको, असोज १९ गते तराई – मधेशका जिल्लाहरूको भन्सार कार्यालय घेराउ र असोज २१–२६ गतेसम्म भन्सार विभागमा धर्ना कार्यक्रम गरिएको थियो ।
तर नेपाल सरकारले त्यो विभेदकारी एवं लुटकारी प्रावधान हटाउने तर्फ कूनै सुनवाई नगरेपछि बाध्य भएर पुनः थप संघर्षको कार्यक्रम अगाड़ी बढ़ाईएको आम सम्पर्क मञ्चले जनाएको छ ।


बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन