अग्नीपीडितको आरोप बेबुनियाद र संस्थालाई बदनाम गराउने मात्रै भएकोः माण्डवी अध्यक्ष झाको टिप्पणी

63 Shares

रौतहट, १ पुस । विसुनपूर्वा मानपुरका आगलागि पीडितहरुलाई घर बनाउन सहयोग गर्नुका साथै तत्कालिन समयमा आवश्यक सम्पूर्ण सहयोग गरिदिएको भएपनि अनावश्यक रुपमा संस्थालाई बदनाम गराउने काम अग्नीपीडितहरुले गरेको गैर सरकारी संस्था माण्डवीको अध्यक्ष अञ्जु झाले बताइन ।
गैर सरकारी संस्था माण्डवीकी अध्यक्ष झाले रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ४ विसुनपूर्वा मानपुरका केही आगलागि पीडितहरु आफु र आफना संस्थालाई बदनाम गर्ने काम गरेकोमा आपत्ती जनाउदै आफतको समयमा मानविय धर्म निर्वाह गर्दा अपजस पाउनु यो कस्तो नियती रहेको उनले भनिन ।
आगलागिबाट घर पूर्ण रुपमा जलेर नष्ट हुँदा पालमुनी बसिरहेको पीडितलाई घर बनाउन आफुले सहयोग गर्दा अरुको उक्साहटमा परेर पीडितहरुले आफना संस्थालाई उल्टै बदनाम गर्न झुठा आरोप लगाएको अध्यक्ष झाले दुख व्यत्त गरिन् । केही आगलागि पीडितहरुले विभिन्न फेसबुके मिडियाहरुलाई माण्डवीले आफुहरुको घर बनाउने जिम्मा लिएपनि घरको जग्गामा फाउण्डेश्न मात्र खडा गरी अधुरै छाडेर फरार भएको हुँदा आफुहरु ठुलो विजोगमा परेको भनी उनिहरुले माण्डवी संस्थामाथी आरोप लगाएपछि हाम्रो ध्यानाकर्षण भएको उलने भनिन ।
माण्डवीकी अध्यक्ष झाले पीडितहरुद्वारा लगाइएको उक्त आरोपमा कुनै सत्यता नरहेको बताउदै एनसेट नामक संस्थाको सहकार्यमा माण्डवीले २०७९ साल चैत्र २६ गते विसुनपूर्वा मानपुरमा आगलागीबाट क्षति भएका १७ जना घरपरिवारलाई तत्कालको लागि आवश्यक पर्ने अवास व्यवस्थापनाका लागि राहतको रुपमा आपतकालिन आवास निर्माण गर्नका लागि पीडित भनिएका १७ घरधुरीलाई तिन किसतामा गरी १ लाख ५० हजार रुपैयाँ उपलब्ध गराउने समझौता गरेको उनले बताइन ।
आफुहरुले उनिहरुलाई पालमुनी नबसेर तत्कालको लागि कम्तीमा छानाको घरमा बसोस भन्ने उद्देश्यले एक परिवार, एक कोठा भएको घर निर्माण गर्न तयार भएपनि पीडितहरुले हामी आफै घर बनाउँछौ, तपाईहरु हामीलाई १ लाख ५० हजार नगद नै उपलब्ध गराइदिनुस भनी आग्रह गर्दा आफुहरुले १७ जना पीडितहरुलाई प्रति व्यक्ति १ लाख ५० हजारको दरले बैंक मार्फत भुक्तानी गरिदिएको उनले बताइन ।
१७ जना पीडितले राजीखुसीबाट आफै घर बनाउने भनी माण्डवी संग समझौता गरेको र पीडितसंग गरिएको समझौता अनुसार आफुहरुले प्रत्येक घरधुरीको खातामा तिन किस्तामा गरी १ लाख ५० हजार रुपैयाँ पठाइसकेको जानकारी दिइन् ।
पीडितहरुको घर बनाउने जिम्मा आफुहरुले नलिएको भएपनि उनीहरुले आफुहरुको घर बनाउने जिम्मा लिएको भनी माण्डवी माथी लगाइएको आरोप राजनीतिक प्रतिशोषधबाट चरित्र हत्या एवं बदनाम गराउने षड्यन्त्र भएको माण्डवी संस्थाकी अध्यक्ष एवं नेपाली काँग्रेस निकट महिला संघको जिल्ला अध्यक्ष समेत रहेकी झाले बताइन् । पीडितहरुले आफै घर बनाउने समझौता गरेपनि अहिले घर बनाउन नसक्दा आफुहरु माथी आरोप लगाउनु सरासर गलत रहेको उनले भनिन् । पीडितहरुले माण्डवी माथी लगाएको उक्त आरोप गलत, झूठा, भ्रामक र कपोकल्पित रहेकोले उनिहरुको कुरामा विश्वास नगर्न उनले सबैलाई आग्रह गरिन ।
आफुहरुले उनिहरुको घर बनाइदिने भनी कहि कतै कुनै निकायसंग कुनै प्रकारको समझौता नगरेको समेत उनले दावी गरिन । माण्डवीले सहजीकरण मात्रै गरेको तिन किस्तामा एनसेट नामक संस्थाले उपलब्ध गराएको रकमबाट पीडितहरुले घरको जग्गामा फाउण्डेश्न खडा गरिसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

Terai Top एउटा समाचारमुखी प्लेटफर्म जस्तो देखिन्छ, जहाँ स्थानीय घटना, सामाजिक विषय, राजनीति, सुरक्षा, अपराध समाचार र दैनिक जीवनसँग जोडिएका अपडेटलाई प्राथमिकता दिइन्छ। यस्तो शैलीका सामग्री पाठकका लागि उपयोगी हुन्छन्, किनकि यहाँ सूचना केवल छिटो मात्र होइन, बुझ्न सजिलो तरिकाले प्रस्तुत गरिन्छ। यही कारणले डिजिटल सेवाहरू, नयाँ अनलाइन प्लेटफर्म र मनोरञ्जनसँग सम्बन्धित विषयमा पनि यस्तै स्पष्टता आवश्यक हुन्छ। अनलाइन मनोरञ्जनको क्षेत्रमा नयाँ क्यासिनो प्लेटफर्महरू लगातार देखा पर्छन्, तर सबै प्रस्ताव समान रूपमा भरपर्दा हुँदैनन्। Brandneue Online Casinos सम्बन्धी जानकारी हेर्दा बोनस, भुक्तानी विकल्प, लाइसेन्स, प्रयोगकर्ता अनुभव र निकासी प्रक्रियाजस्ता पक्षलाई ध्यान दिनुपर्छ refpolk.de. यसले नयाँ देखिने साइट साँच्चै उपयोगी छ कि केवल आकर्षक प्रचारमा सीमित छ भन्ने कुरा छुट्याउन सजिलो बनाउँछ। Terai Top को समाचार शैली र नयाँ अनलाइन क्यासिनोहरूको विषयबीच मुख्य समानता भनेको अद्यावधिक र स्पष्ट जानकारीको आवश्यकता हो। समाचार होस् वा डिजिटल मनोरञ्जन, सही निर्णयका लागि सतही दाबीभन्दा तथ्य, नियम र विश्वसनीयता बढी महत्त्वपूर्ण हुन्छ।