77
Shares
बारा, २ पुस । बारा जिल्लाको महागढीमाई नगरपालिका वडा नम्वर ९ मा मोटरसाइकल दुर्घटनामा परेर एक युवकको मृत्यु भएको छ दुई जना गम्भीर घाइते भएका छन् ।
महागढीमाई वडा नम्वर ९ थलही पुलमा बा.८४ प ५६४ नम्वरको मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा पचरौता नगरपालिका वडा नम्वर ९ का २२ बर्षिय रामनिवास यादवको मृत्यु भएको बारा प्रहरीले जनाएका हुन् ।
पूर्वबाट पश्चिम कलैया तर्फ आउने क्रममा थलही पुलमा ठोक्किएर उक्त दुर्घटना भएको जानकारी दिदै बारा प्रहरीले मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको छ ।
उक्त मोटरसाइकलमा सवार तीन जना सवार मोटरसाईकलमा सवार सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ का शिवचन्द्र प्रसाद यादब र वडा नम्बर ४ अध्यानन्द यादब शख्त घाईते भई कलैया अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।
बजार व्यवसायलाई चलायमान बनाउन गौरमा मंसिर ६ देखि ‘रौतहट एक्सपो २०८३’, लण्डन ब्रिज र जलपरी मुख्य आकर्षण
गौर आँखा अस्पतालद्वारा मौलापुरमा निःशुल्क आँखा शिविर, ३२६ जनाको परीक्षण, ७६ जना शल्यक्रियाको लागि छनौंट
उमेर हद खारेजीको माग गर्दै विगत १८ दिन देखि आन्दोलनरत वागमती सिंचाई आयोजनाका कर्मचारी प्रति राज्य उदाशिन